काठमाडौं । काठमाडौंबाट सुर्खेत जाँदै गरेको बस दाङको लमही–९ शिवखोलामा दुर्घटना हुँदा १५ जना घाइते भएका छन् । कर्णाली प्रदेश–०२–००१ ख– ०३६२ नम्बरको उक्त यात्रुबाहक बस मंगलबार बिहान दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको हो ।
बस करिब १५ मिटर खोलामा खसेको थियो । घाइतेमध्ये २ जनाको अवस्था गम्भीर छ । उक्त बसमा ३० जना यात्रु सवार रहेको प्रहरीले जनाएको छ । घाइतेलाई उपचारका लागि नेपालगन्ज लगिँदैछ ।






