काठमाडौं । पूर्व अरनिको यातयात प्रा.लि.ले १० करोडको लगानीमा काठमाडौ महानगरपालिका–३२ वडाको जडिबुटीमा बनाएको सुविधा सम्पन्न बसपार्क कानून विपरित नभएको बताएको छ ।
सोमवार प्रा.लि.ले पत्रकार सम्मेलन गर्दै काठमाडौं महानगरपालिकाले बसपार्कमा बनेका हरेक संरचनाहरु काठमाडौं महानगरको मापदण्ड र नियम अनुसार बनाएकाले डोजर लगाउन नपाउने दाबी गरेको हो । पत्रकार सम्मेलनमा बोल्दै पूर्व अरनिको यातयात प्रा.लि.का अध्यक्ष केदार क्षेत्रीले लामो समयदेखि बसपार्क नहुँदा राजधानी पूर्वका काभ्रे, सिन्धुपाल्चोक,दोलखा, रामेछाप,ओखलढुङ्गा लगायतका जिल्लामा सञ्चालन हुने सवारी साधन र त्यसमा यात्र गर्ने यात्रीहरु समस्या समाधानको लागि बनाएको बसपार्क महानगरले विकल्प बिना भत्काउन नपाउने बताउनु भयो । उहाँले काठमाडौ महानगर तथा संघीय सरकारले पूर्वका काभ्रे, सिन्धुपाल्चोक,दोलखा, रामेछाप,ओखलढुङ्गा लगायतका जिल्लामा सञ्चालन हुने सवारी साधनको लागि विकल्प दिए आफैँ भत्काउने बताउनु भयो । उहाँले यसअघि पुरानो बसपार्कमा भएको पार्कमा टावर निर्माण सम्पन्न हुन लागेको भन्दै सरकारले त्यहाँ व्यवस्था गर्नुपर्ने बताउनु भयो। उहाँले राजधानीपूर्व सञ्चालन हुने बसहरु यत्रतत्र पार्किङ गर्नुपर्ने अवस्था रहेको र नयाँ बसपार्कमा पुग्नुपर्ने निर्णय यात्रुमैत्री नभएकाले आफ्नै लगानीमा पाँच वर्षको लागि बसपार्क निर्माण गरिएको बताउनु भयो । उहाँले गोगंबु जाने निर्णय कुनैपनि हिसावले व्यवहारिक नभएको बताउनु भयो । उहाँले महानगरले दुःख दिने उद्देश्यले गोंगबु जाने निर्णय गरेको बताउनु भयो । बसपार्कमा भएका संरचनाहरु काठमाडौं महानगर पालिकाको भवन आचारसंहीता अनुसार र भवन निर्माणको मापदण्ड अनुसार अनुमति लिएर बनाएको तर अहिले महानगर तथा यातायात व्यवस्था विभागले अनुमति दिन नचाहेको बताउनु भयो । उहाँले बसपार्कमा सार्वजनिक शौचालय समेत नभएको ठाउँमा यात्रुहरुलाई सुविधा दिनेगरी काम गरिएको बताउनु भयो। उहाँले बसपार्क कुनै व्यवसायिक नभएर व्यवसायीहरुले यात्रुहरुको सहजताको लागि पाँच वर्षको लागि दिएको समाधान दिन खोजिएको बताउनु भयो। उहाँले सरकारले ४ सय बसको रुटपरमिट पुरानो बस पार्कसम्म भएपनि सरकार र महानगरले पुरानोबस पार्कसम्म जान नदिएको बताउनु भयो । सरकारलाई नेपाली यातायात व्यवसायीहरु र मजदुरहरुले काम गरेर खान नपाइने हो भन्दै प्रश्न गर्नुभयो ।
उहाँले भन्नुभयो,‘काठमाडौं महानगरपालिकाले पूर्व अरनिको यातयात प्रा.लि.ले काठमाडौं महानगरले आफ्नै लगानीमा काठमाडौ महानगरपालिका–३२ वडाको जडिबुटीमा बनाएको सुविधा सम्पन्न बसपार्क छिटै भत्काउँदै हुनुहुन्छ भन्ने खबर सुनेका छौं । भौतिक मन्त्रालय र यातायात व्यवस्था विभाग दुबैले वसपार्क भत्काउने कुराको छनक दिनुभयो । काठमाडौं महानगरका प्रमुख प्रशासकिय अधिकृतलाई बारम्बार खबर गरेको छु । उहाँले फोन गरेर नियमविपरित काम नगर्नु भन्नुभयो । तर हामीले बसपार्क बनाउनको लागि सबै नियम अनुसार प्रक्रिया पूरा गरेका छौं । सरकारका नियम कानूनहरु जनतामैत्री हुनुपर्छ । जनताको विरोध भए कानूनहरु संशोधन गर्नुपर्छ । बसपार्क अवैध बसपार्क भन्ने प्रचार भयो । बसपार्क निजी जग्गामा छ । बसपार्कमा भएका संरचनाहरु काठमाडौं महानगर पालिकाको भवन आचार संहिताअनुसार छ । भवन निर्माणको मापदण्ड अनुसार अनुमति लिएको छ । बाँकी संरचनाहरु पिच गरेका छौं । सार्वजनिक शौचालय समेत नभएको ठाउँमा यात्रुहरुलाई सुविधा दिनेगरी काम गरिरहेका छौं । यो व्यवसायिक पनि होइन । व्यवसायीहरुले यात्रुहरुको सहजताको लागि पाँच वर्षको लागि दिएको समाधान हो । सरकारले यसको उपयुक्त विकल्प दियो भने भोलि छोड्न तयार छौं । पुरानो बसपार्कमा यातायातका साधनहरु चलाएका थियौं । त्यहाँ टावर निर्माण सम्पन्न हुन लागेको छ । त्यहाँ हामीलाई ठाउँ दिनुस् । जडिबुटीमा बसपार्क चाहिँदैन । पुरानो बसपार्कमा ठाउँ दिनुस् । सरकारले ४ सय बसको रुटपरमिट पुरानो बस पार्कसम्म छ तर सरकार र महानगरले पुरानो बस पार्कसम्म जानै दिँदैन । नेपाली यातायात व्यवसायीहरु र मजदुरहरुले काम गरेर खान नपाइने हो ? १ प्रतिशत मानिसहरुले मात्रै यो वसपार्क चाहिदैन भने प्रा.ली आफैँ भत्काइ दिन्छौं । हामी अब बसपार्क बचाउ अभियानमा छौं ।’
काठमाडौ महानगरपालिकासँग अनुमति लिएर बसपार्क र त्यहाँ अन्य भौतिक निर्माणका लागि अनुमतिका लागि पटकपटक अनुरोध गरेपनि महानगरले वास्ता नगरेको अध्यक्ष क्षेत्रीको आरोप छ । काठमाडौं महानगरपालिकाले असार १ गतेदेखि काठमाडौंबाट छुट्ने लामो तथा छोटो दुरीका सबै बसहरु अनिवार्य रुपमा गोंगबु बसपार्कबाटै छुट्नुपर्ने नियम लागू गरेपनि राजधानी पूर्वका यात्रुहरुका लागि गोङ्गबु बसपार्क उपयुक्त नहुने भन्दै पूर्व अरनीकोले आफ्नै लगानीमा बसपार्क निर्माण गरेको हो ।






