बाहिरी मानिसको प्रवेशले सर्लाहीको मलंगवा अशान्त बनेकाे स्थानीयकाे आराेप

प्रकाश मैनाली सर्लाही, संवाददाता
प्रकाश मैनाली सर्लाही, संवाददाता
Read Time = 5 mins

सर्लाही । गणेश पूजाको मूर्ति सेलाउने क्रममा सर्लाही सदरमुकाम मलंगवामा बिहिवार राति तनाव सिजृना भएको छ । यस समस्यामा स्थानीय भन्दा बाहिरी मानिसको हाली मुहाली देखिन्छ ।

सर्लाही सदरमुकाम मलंगवामा गणेश पूजाको मूर्ति सेलाउने क्रममा साम्प्रदायिक दङ्गा फैलिँदा पटक पटक झडप भएको थियो । जसका कारण सदरमुकाम मलंगवामा कर्फ्यु लागेको छ । अहिले सदरमुकाम मलंगवाको जीवन समेत प्रभावित भइरहेको छ । स्थानीय हिन्दु र मुस्लिम दुवै समुदायका अगुवा तथा सहभागिता नरहेको स्थानीय मुस्लीम अगुवा तथा धर्म गुरुले बताएका छन् ।

यसरी स्थानीय पुस्तौदेखि मिलेर बसि रहेको बेलामा बाहिरबाट आएका केही व्यक्तिहरुका कारण साम्प्रदायिक रूपमा दङ्गा फैरिहेकाले यसको नियन्त्रणका लागि दुवै समुदायले सचेतना फैलाउन आवश्यक रहेको नागरिक समाज सर्लाहीका अध्यक्ष उग्रकान्त झाले बताउनु भयो ।

यसरी दैनिक हिंशा हुन थाले पछि स्थानीयको कष्ट समेत झेल्नु परेको छ । हाटबजार ठप्प हुँदा दैनिक उपभोग्य सामग्री किन्न समेत नपाएको स्थानीयको गुनासो छ । मलङ्गवाबाट छुट्ने तथा मलङ्गवा पुग्ने कुनै पनि सवारीसाधन सञ्चालन हुन सकेका छैनन् ।

शुक्रवारदेखि सदरमुकामका सरकारी तथा अन्य कार्यालय पनि खुल्न सकेका छैनन् । मलङ्गवाकै घटनासँग जोडेर जिल्लाका अन्य प्रमुख व्यापारिक केन्द्रमा समेत बेला बेलामा प्रदर्शन भइरहेका छन् । सामाजिक सञ्जालमा आगजनी, तोडफोडस्ता अफवाह फैलाइ हिड्ने ४० भन्दा धेरै व्यक्तिलाई सार्वजनिक मुद्दा समेत लगाइएको छ । नेपाली सेनाले समेत गस्ती थाल्ले पछि सोमवार बिहानबाट दिउँसोको कर्फ्यु हटेको छ भने राति ८ बजेदेखि बिहान ४ बजेसम्म कायमै राखिएको सर्लाहीका सहायक प्रमुख जिल्ला अधिकारी होमप्रसाद घिमिरेले बताउनु भयो ।

ADVERTISEMENT

तीन वटै सुरक्षा निकायबाट गस्ती भइरहेको छ । रातको समयमा लगाइएको कर्फ्यु पालना गराउन तथा आम नागरिकको सुरक्षामा २४ घन्टा तैनाथ रहेको सर्लाही प्रहरीका प्रमुख प्रहरी उपरीक्षक नरेशराज सुवेदीले जानकारी दिनुभयो । हाल मलङ्गवामा जिल्लासहित मातहतका विभिन्न युनिट, प्रदेश तथा विभिन्न गणबाट समेत नेपाल प्रहरी र सशस्त्र दुवैको थप मद्‍दत टोली परिचालन गरिएको छ । प्रहरी प्रमुख सुवेदीका अनुसार अहिले नेपाल प्रहरी र सशस्त्र प्रहरीको मात्र करिब ५०० प्रहरी मलङ्गवामा क्षेत्रमा परिचालन गरिएको छ ।

उता मुस्लिम आयोगकाले मूर्ति सेलाउने क्रममा उत्पन्न द्वन्द्वले धार्मिक सहिष्णुता खलबलाउने प्रयास भएको भन्दै मुस्लिम आयोगले सरकारको ध्यानाकर्षण गराएको छ । मुस्लिम आयोगका अध्यक्ष समिम मियाँ अन्सारीले आइबार उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई भेटेर मलङ्गवा घटनाका सन्दर्भमा ध्यानाकर्षण गराउनुभएको हो । उहाँले मलगंवासहित मधेश प्रदेशका केहि जिल्लाहरुमा केही अराजक तत्वहरुले धार्मिक सहिष्णुता खलबलाउने प्रयास गरिरहेको भन्दै दोषीलाई कडा कारबाहीको माग गर्नुभयो ।
यस घटनाको सत्यतथ्य पत्ता लगाउन मधेसी आयोगले उच्च स्तरीय अनुगमन टोली पठाएको छ । उक्त घटनाले उग्र रुप लिएकोप्रति ध्यानाकर्षण गराउँदै आयोगले घटनास्थलमा अनुगमन टोली पठाएको हो ।

दोषीलाई कानुनी कारवाहीको दायरामा ल्याउन आयोगले समय–समयमा स्थानीय प्रशासनलाई निर्देशन दिएको जनाएको छ । यसबारे संघीय, प्रदेश तथा स्थानीय सरकारलाई सचेत समेत गराएको जनाइएको छ । आयोगले उक्त घटनामा घाइते भएकाको उपचारका लागि सरकारलाई तुरुन्त आवश्यक व्यवस्था मिलाउन समेत ध्यानकर्षण गराएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?