लुम्बिनी आयुर्वेद चिकित्सालयमा जनशक्तिदेखि एक्सरेसम्मका माग

चन्द्रकान्त खनाल रुपन्देही, संवाददाता
चन्द्रकान्त खनाल रुपन्देही, संवाददाता
Read Time = 5 mins

रुपन्देही । लुम्बिनी आयुर्वेद चिकित्सालयमा बिरामीको चाप बढदो छ । बिरामी बढेसँगै उपचारमा आउनेलाई पालो बस्नु पर्ने भएको छ । आर्थिक ०७९ भन्दा ८० मा विरामीहरुको संख्या बढ्दै गएपछि उपकरणदेखि जनशक्ति सम्म माग गरिएको हो ।

चिकित्सालय बुटवलका प्रमुख डा.प्रवेश श्रीवास्तवका अनुसार उपचारका लागि आउने विरामीको संख्या अघिल्लो बर्ष२६ हजार थिए त्यसमा महिला १५३३५ र १०६८४ पुरुष रहेकोमा यसबर्ष ४५ हजार विरामीले सेवा लिए । जसमा पुरुष भन्दा महिलाले बढी सेवा लिएका छन् ।

अस्पताल निरीक्षणमा आइपुगेका लुम्बिनीका स्वास्थ्यमन्त्री राजु खनाल समक्ष चिकित्सालयका प्रमुख डा. प्रवेश श्रीवास्तवले चिकित्सालयलमा विभिन्न समस्या रहेको बताउनु भयो।

डाक्टर श्रीवास्तवले अस्पतालमा सेवाग्राही बढ्दो रहेको, तर जनशक्ति कम रहेको बताउँदै हाल दरबन्दीका ६ सहित १८ जनाबाट सेवा प्रवाह गर्दै आएको भए पनि ३९ जना आवश्यक रहेको बताउनु भयो।

प्रस्तावित दरबन्दी ३९ का अतिरिक्त चिकित्सालयलाई स्टाफ नर्स, एक्सरे तथा भिडियो एक्सरे सेवाका अतिरिक्त एबुलेन्स सेवाको पनि खाँचो रहेको मन्त्रीसमक्ष माग राख्नु भयो ।

सरकारबाट सहयोग भएमा अस्पताललाई ५० बेडमा विस्तार गर्ने योजना रहेको चिकित्सालय प्रमुख श्रीवास्तवले बताउनु भयो। उहाँले यस चिकित्सालमा नेपालका मात्र नभएर छिमेकी भारतबाट पनि बिरामीहरु उपचारको लागी आउने गरेको बताउनु भयो।

ADVERTISEMENT

अस्पताल विकास समितिका अध्यक्ष शिव ज्ञवालीले कर्मचारी व्यवस्थापनका लागि फाइल मन्त्रालयमा पठाइ सकिएको भन्दै मन्त्री समक्ष कर्मचारीको समस्या र बिरामीलाई सेवा दिन भएको कठिनाईको बारे जानकारी गराउनु भयो।

लुम्बिनी आयुर्वेद चिकित्सालयमा कर्मचारीदेखि विभिन्न साधन–स्रोतको समस्याका कुरा उठाइएको कार्यक्रममा स्थानीय तहहरूमा रहेका केन्द्र तथा औषधालयका स्वास्थ्यकर्मीहरूले तालिमदेखि विभिन्न अवसरमा प्रदेश तथा संघसँग समन्वयको समेत अभाव खड्किएको गुनासो गरे ।
स्वास्थ्य मन्त्रालय लुम्बिनीका महाशाखा प्रमुख डाक्टर पुष्पराज पौडेलले प्रदेश सरकार अस्पतालको सेवा विस्तारमा सकारात्मक रहेको बताउनु भयो।

आयुर्वेद तथा वैकल्पिक चिकित्सा विभागका महानिर्देशक डाक्टर वासुदेव जनार्दन उपाध्यायले देशभरिकै नमुना अस्पतालका रूपमा लुम्बिनी आयुर्वेद चिकित्सालयलाई विकास गर्न सक्दो सहयोग गर्ने वताउनु भयो।

महानिर्देशक उपाध्यायले नेपालका तिन ठाउमा मात्र बिरामी भर्ना गरेर उपचार गर्ने गरिएकोमा काठमान्डौ वाहिर लुम्बिनीका दाड र बुटबलमा यो सेवा रहेको बताउनु भयो। उहाले यस क्षेत्रमा रहेको चिकित्सालयलाई संघले सक्दो सहयोग गर्ने बताउनु भयो। कर्मचारीको लागी प्रदेश सरकारले माग गरे सम्बोधन गर्न सकिने बताउनु महानिर्देशक उपाध्यायले बताउनु भयो।

स्वास्थ्य मन्त्री खनालले आयुर्वेद उपचारतर्फ आकर्षण बढ्दै गएको भन्दै स्तरीय सेवा दिन लागिपर्न निर्देशन दिनुभयो। उहाँले भन्नु सरकारले आबश्यक सहयोगको लागी सरकार तयार छ । तत्काल आबश्यकता केहो मन्त्री खनालले भन्नु भयो।

रुपन्देहीमा गत आर्थिक वर्षमा आयुर्वेद उपचार पद्धतिमार्फत ७९ हजार ९६ जनाले सेवा लिएका छन् । सेवा लिनेमा महिलाको संख्या ४५ हजार आठ सय ६१ र पुरुषको संख्या ३३ हजार दुई सय ३ रहेको लुम्बिनी आयुर्वेद चिकित्सालयका वरिष्ठ कविराज निरीक्षक गणेश सापकोटाले बताउनु भयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *