यस्तो छ–आजको तरकारी तथा फलफुलको मूल्य

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 2 mins

काठमाडौ। कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजको मूल्य सूची सार्वजनिक गरेको छ ।

जसअनुसार टनेल गोलभेडा सानो प्रतिकेजी न्यूनतम मूल्य ५८, लोकल गोलभेडा सानो ४५, भारतीय ठूलो गोलभेडा ३०, भारतीय गोलभेडा सानो ३०, घिउ सिमी लोकल ७०, काउली स्थानिय ८०, आलु रातो ५६, मुडे आलु रातो ५०, भारतीय आलु रातो ३५, लौका ४०, हरियो फर्सी ३०, घिरौला ५० रुपैयाँ कायम भइ कारोबार भइरहेको छ ।

त्यसैगरी डल्ले च्याँउ प्रतिकेजी ३२० रुपैयाँ ,बन्दा लोकल ५०, गाँजर १२०, मूला सेतो १३०, भन्टा डल्लो ५०, भन्टा लाम्चो ३०, मकै बोडी ८०, टाटे सिमी ४०, तितो करेला ७०, ब्रोकाउली २५०, कागती २२०, भिण्डी ४०, न्यूरो ८०, रातो बन्दा २०० रुपैयाँले भाउ पाउँदा लोकल काक्रो ६०, अदुवा प्रतिकेजी १६० रुपैयाँ पुगेको समितिले जनाएको छ ।

ADVERTISEMENT

समितिका अनुसार कुरीलो प्रतिकेजी ४००, केरा दर्जन १५०, अनार ४००, नासपाती ८०, आभोकाडो २००, कालो अंगुर ४५०, किबि ४००, हरियो खुर्सानी अकबरे २०० रुपैयाँ रहदाँ रहु माछा ३७०, छडी माछा २४०, बचुवा माछा २७० रुपैयाँ कायम भइ खरिद बिक्री भइरहेको समितिले जनाएको छ ।

यस्तै लप्सी प्रतिकेजी ५०, हरियो धनियाँ ८०, खुर्सानी सुकेको ४५०, नेपाली सुकेको लसुन २५०, चाइनिज लसुन २२०, परवर ३०, गुन्दुक प्रतिकेजी २५०, भारतीय प्याँज सुकेको ६४, लसुन हरियो २५०, छ्यापी सुकेको २००, भेडे खुर्सानी ७०, शरीफा २००, फूजी स्याँउ २५०, अम्बा १००, मौसम १५०, जुनार ३२०, अमला ९०, तोफु ११०, पिंडालू ७०, तामा ९०, चुकुन्दर ८०, निबुवा ५०, कन्य च्याउ १३०, तने बोडी प्रतिकेजी ७० रुपैयाँमा कारोबार भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *