ललितपुरमा जुत्ता चप्पल मेला हुने

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 2 mins

काठमाडौं । नेपाली उत्पादनको प्रवद्र्धन, हाम्रो अभियान भन्ने नाराका साथ असोज १० गतेदेखि ललितपुरको जावलाखेल खेल मैदानमा ‘ललितपुर बडादशैँ जुत्ता चप्पल व्यापार मेला २०८०’ हुने भएको छ । मेलामा झण्डै एक दर्जन स्वदेशी ब्राण्डका जुत्ता चप्पल रहने बताइएको छ ।
मेलामा जुत्ता चप्पल उत्पादक कम्पनी र ब्राण्ड रोयल शु इण्डष्ट्रिजका उत्पादन रोयल शुज, वेश फुटवेयरका उत्पादन बिएफ डियर हिल र बिएफ स्पोर्ट, लालीगुराँस फुटवेयरका क्रसरोड शुज, शुभकामना फुटवेयरको फस्टवाक शुज, नमस्ते फुटवेयर सिल, आरडी कलेक्सनको हाई लाइफका उत्पादन रहनेछन् ।

ADVERTISEMENT

त्यस्तै, केटिएम शुजको केटिएम, डिजे शुजको डिजे शुज, फुड फेसनको बेली शुज, अनिल ट्रेड लिंक्सको उत्सव र कोशेली छाला जुत्ता उद्योगको कोशेली शुज गरी ११ कम्पनी र ब्राण्डको सहभागिता रहने आयोजकहरूले आइतबार पत्रकार सम्मेलन गरी जानकारी दिएका छन् । मेलामा तीन हजारभन्दा बढी मोडल र डिजाइनका जुत्ता उपलब्ध हुने मेला संयोजक होमनाथ उपाध्यायले बताउनुभयो । कात्तिक ३ गतेसम्म सञ्चालन हुने मेलामा २० प्रतिशतदेखि ५० प्रतिशतसम्म छुटको व्यवस्था रहेको आयोजकले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?