काठमाडौं । काठमाडौंमा एक कार्यक्रमबीच घुन्सा हेलिकप्टर दुर्घट्नाको सम्झना गरिएको छ । विगतका वर्ष झै यो वर्ष पनि जलसम्पदा तथा वातावरण संरक्षण कोष नेपालले एक कार्यक्रमको आयोजनागरी घुन्सा हेलिकप्टर दुर्घट्नामा परी गुमाएकाको योगदानको स्मरण गर्दै तस्वीरमा माल्यार्पण, दीप प्रज्वलन र मौनधारणका साथ उहाँहरूको सम्झना गरेको हो ।
ताप्लेजुङको घुन्सा स्थित हेलिकप्टर दुर्घटना भएको १७ वर्ष पूरा भएको छ । उक्त दुर्घटनामा परी ज्यान गुमाएकाहरूको योगदानको स्मरण गर्दै असोज ७ गतेलाई राष्ट्रिय संरक्षण दिवसको रूपमा मनाउने गरिन्छ ।
समाजसेवी दीपेन्द्र विष्टको प्रमुख आतिथ्यता र जलसम्पदा तथा वातावरण संरक्षण कोष नेपालका अध्यक्ष पुष्पराज पाण्डेको सभापतित्वमा सम्पन्न कार्यक्रममा आ–आफ्नो क्षेत्रमा परिचित व्यक्तित्व विज्ञान अर्याल, सनत गरी, शीव खत्री, ज्योति गरीलगायतको आतिथ्यतामा उक्त कार्यक्रम गरिएको थियो । जलसम्पदा तथा वातावरण संरक्षण कोष नेपालले काठमाडौंको रामकोट स्थित दुर्घटनामा मृत्यु भएका स्वदेशी तथा विदेशी गरी २४ जनाको अर्धकदको शालिक स्थापना गरेको छ ।
शहरी विकास तथा भवन निर्माण विभागले प्रयाप्त रकम विनियोजन नगरेका कारण तीन वर्षदेखि ‘संरक्षण स्मृति पार्क’को निर्माण कार्यले गति लिन नसकेकोमा कोषका अध्यक्ष पाण्डेले कार्यक्रममा भावुक हुँदै दुःख व्यक्त गर्नुभएको थियो । उहाँका अनुसार ‘संरक्षण स्मृति पार्क’को निर्माण कार्यलाई अगाडि बढाउनका लागि अमेरिका, बेलायत, रसिया, कोरिया, फिन्ल्याण्डको दूतावासमा समेत सहयोगका लागि अपिल गरिनेछ ।
विसं. २०६३ असोज ७ गते भएको हेलिकोप्टर दुर्घटनामा तत्कालीन वन राज्यमन्त्री गोपाल राई, भूगोल तथा योजनाविद् डा.हर्क गुरुङ, संरक्षणविद् डा.तीर्थमान मास्केसहित २४ जना संरक्षणविद्ले ज्यान गुमाएका थिए । विश्व वन्यजन्तु कोष नेपालद्वारा आयोजना भएको कञ्चजंगा संरक्षण क्षेत्र आयोजना स्थानीय समुदायलाई हस्तान्तरण कार्यक्रममा भाग लिएर फर्कने क्रममा घुन्सास्थित फले पहाडमा हेलिकप्टर दुर्घटनामा परेको थियो ।

बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
राजनीतिक नेतृत्व अभिभावक बन्ने कि
नेपाली राजनीति र वाराणसीका पण्डा