‘प्रदुषण नियन्त्रणका निम्ति शक्तिशाली देश नै लाग्नुपर्छ’

Read Time = 2 mins

जेनेभा । भारतीय जल प्रतिष्ठानका अध्यक्ष अरविन्द कुमारले जलवायु वित्तका निम्ति भारतले पर्याप्त लगानी गरेको तथा घातक वस्तुको उत्सर्जनलाई पूर्ण नियन्त्रण गर्ने नीति अवलम्बन गरेको बताउनुभएको छ । संयुक्त राष्ट्रसंघीय मानवअधिकार परिषद्को जेनेभामा भएको ५४औं वार्षिक बैठकमा अध्यक्ष अरविन्द कुमारले युरोप, उत्तर अमेरिका र अष्ट्रेलियाजस्ता शक्तिशाली एवं समृद्धशाली देश प्रदूषण नियन्त्रणमा लाग्नुपर्नेमा जोड दिनुभयो ।

इतिहासदेखि नै औद्योगिक क्षेत्रमा गरेको प्रगतिसँगै प्रदूषण पनि फैलाएका उत्तर अमेरिका, युरोपेली देश र अष्ट्रेलियाले हरितगृह ग्यास उत्सर्जन नियन्त्रण गर्नुपर्ने उहाँले बताउनुभयो ।

ADVERTISEMENT

विकासशील देशहरूले कोभिड महामारी, त्यसले निम्त्याएको आर्थिक संकट, बढ्दो ऋणका बाबजुद खाद्य तथा ऊर्जा सुरक्षा सुनिश्चित गर्न निरन्तर आवाज उठाएको उल्लेख गर्दै अध्यक्ष अरविन्द कुमारले कोरोना महामारीका बेला भारतले विकासशील र विकासोन्मुख राष्ट्रलाई कोरोनाविरुद्ध खोप निःशुल्क उपलब्ध गराएको बताउनुभयो । रासस/एएनआई ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?