बाजुरामा ट्रक दुर्घटना, तीन जना घाइते

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 2 mins

बाजुरा । सुदूरपश्चिमको पहाडी जिल्ला बाजुरामा मिनी ट्रक  दुर्घटना भएको छ। दुर्घटनामा तीन जना घाइते भएका छन्। जिल्लाको जगन्नाथ गाउँपालिका–३ कर्णाली करिडोर अन्तर्गत बेर्नामा मिनी ट्रक दुर्घटनामा परेको हो।

सुर्खेतबाट खाद्यान्न सामान बोकेर हुम्लातर्फ जाँदै गरेको कर्णाली प्रदेशको ०२–००१६– ०५५७ नम्बरको मिनी ट्रक जगन्नाथ गाउँपालिकाको बेर्मा बजार नजिकै दुर्घटना भएको प्रहरी कार्यालय बाजुराले जनाएको छ। ट्रक सडक खण्डबाट दुई सय मिटर तल खसेको प्रहरीले बताइएको छ।

ADVERTISEMENT

दुर्घटनामा चालक दैलेखको आठबिस नगरपालिका–४ का करिब ३६ वर्षीय देवीराम सिजापती गम्भीर घाइते भएका छन्। चालकसँगै घाइते भएका सह–चालक दैलेखको दुल्लु नगरपालिका–२ का करिब १८ वर्षीय अर्जुन विक र जाजरकोट बिरेन्द्र नगर नगरपालिका–१२ का करिब २२ वर्षीय मोहन घर्तीमगर घाइते भएका छन्।
प्रहरीले घाइतेको उद्धार गरी उपचारका लागि कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रमा पठाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *