काठमाडौं । ईः लगायतका अभियन्ताहरुले फुटपाथ व्यवसायीको उचित व्यवस्थापनको माग राख्दै ६ दिनदेखि काठमाडौैं महानगरपालिकाको कार्यालय राष्ट्रिय सभागृहबाहिर लगातार उभिएर शान्तिपूर्ण आन्दोलन गरिरहेका छन् ।
महानगरविरुद्द चमेली समुह अभियान सुरु गर्ने स्वतन्त्र युवाहरु मध्ये ई: लगायत युवाहरु ७७ घण्टा महानगरपालिका अगाडि उभिएर आन्दोलनलाई १२३ घण्टा उभिएर बढाउँदै गर्दा आज पनि महानगरले प्रतिक्रिया नगरे थप १९९ घण्टा बिस्तार गर्ने भएका छन् ।
फुटपाथ व्यापारीलाई वैकल्पिक व्यवस्थापन गर्नुपर्ने माग गर्दै सामाजिक अभियन्ता ई: ले आन्दोलन गरेका हुन। उनीहरु राष्ट्रिय सभा गृहअगाडि छन् ।










