विराटनगर । सुनसरीको स्वस्तिक रोलिङ मिल्सले भारतको टाटा आइरन एण्ड स्टिल कम्पनीबाट बेस्ट भ्यालुड कस्टमर अवार्ड पाएको छ । कोलकातामा आयोजित कार्यक्रममा टाटा स्टिलका प्रबन्ध निर्देशक आशिष अनुपमले स्वस्तिक रोलिङका निर्देशक रमेश राठीलाई अवार्डबाट सम्मानित गर्नुभएको हो । स्वस्तिकले ‘बजरंग’ ब्राण्डमा टिएमटी छड उत्पादन गर्दै आएको छ । स्वस्तिक व्यावसायिक उत्पादनको छोटो समयमै टाटा आइरन एण्ड स्टिलबाट अवार्ड लिन सफल भएको छ ।
उद्योगले ‘बजरंग’ ब्राण्डमा टिएमटी छडका साथै एंगल, च्यानल र आई बिम पनि उत्पादन गर्दै आएको छ । एंगल, च्यानल र आई बिम प्रयोग साना-ठूला सबैखाले घर बनाउन, घरमा ट्रस हाल्न, विद्युत् प्रसारण लाइनको टावर बनाउन, इन्टरनेट र रेडियोको टावर बनाउन, साना-ठूला सेड बनाउन प्रयोग गरिन्छ । निर्देशक राठीले केही समययता उद्योगले टिएमटी छड उत्पादन र बजारीकरणलाई प्राथमिकतामा राखेको र सातदेखि ४० एमएसम्मका छडको उत्पादन गरिरहेको जानकारी दिनुभयो । बजरंग स्टिलले नेपाल गुणस्तर चिहृन १९१ प्राप्त गरिसकेको छ ।






