भोजपुर । रैथाने बिउबिजन र परम्परागत ज्ञान र सीप लोपोन्मुख अवस्थामा पुगेको अवस्थामा राष्ट्रिय खाद्य बैंक लिमिटिडले त्यसको संरक्षण गर्ने भएको छ । हाल २२ जिल्लामा कार्यालय सञ्चालन गरेको बैंकले पहाडी जिल्ला भोजपुरमा पनि कार्यालय स्थापना गरेको छ । सुधारिएको बिउबिजनका नाममा गरिएको खेतीले किसान मारमा पर्दै गएकोमा रैथाने बिउबिजन, परम्परागत ज्ञान र सीपको संरक्षणका लागि भोजपुरमा पनि बैंक स्थापना भएको बैंकका केन्द्रीय अध्यक्ष शंकरनाथ उप्रेतीले बताउनुभयो । उहाँले भन्नुभयो, ‘दुई अर्ब लगानीमा नेपालको पहिलो खाद्यसम्बन्धी काम गर्ने बैंकका रूपमा खाद्य बैंक स्थापना भएको छ, देशलाई कृषि उपजमा आत्मनिर्भर बनाउने कार्यमा पनि यसले सहयोग गर्छ ।’
हाल नेपालको कृषिका रैथाने बिउबिजन लोप हुँदै गएकाले त्यसको संरक्षणमा बैंकले भूमिका खेल्ने उहाँको भनाइ थियो । कोशी प्रदेशका खोटाङ, भोजपुर, धनकुटा, पाँचथरलगायतका जिल्लामा खाद्य बैंक सञ्चालनमा आउने उहाँले जानकारी दिनुभयो । पोषिलो आहारको सट्टा अहिले बिस्कुट, चाउ-चाउको प्रयोग बढेको भन्दै अध्यक्ष उप्रेतीले कोदो, फापर, गहुँ, मकै जस्ता फाइबरयुक्त खाद्यान्न उत्पादन गरी प्रयोगमा ल्याउन जरुरी रहेको बताउनुभयो । भोजपुरमा रहेका नौवटै पालिका र ८१ वटा वडामा सम्भावित उत्पादनका विषयमा छलफल गरी खाद्य बैंकले काम गर्नेछ ।
पोषिलो आहारका लागि दिगो कृषि उत्पादन, हाम्रो अभियान भन्ने मूल नाराका साथ खाद्य बैंक स्थापना भएको हो । कृषि क्षेत्रका लागि आवश्यक ज्ञान, सीप, बिउबिजन, प्रांगारिक मल, दक्ष जनशक्ति, विशेषज्ञ र विज्ञसमेत बैंकले उपलब्ध गराउने भएकाले किसानका लागि प्रभावकारी देखिएको सामाजिक अभियन्ता घमचन्द्र दाहालले बताउनुभयो ।







This is breaking news.
Video News Post
Breaking News with Advertisements
Breaking news with related posts