प्रेस काउन्सिलको वार्षिकोत्सवमा सम्मान एवं पुरस्कार प्रदान

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 5 mins

काठमाडौं । प्रेस काउन्सिलको वार्षिकोत्सवमा पत्रकारहरूलाई पुरस्कृत गरेको छ । काउन्सिल नेपालको ५४औं वार्षिकोत्सवका अवसरमा पत्रकारहरूलाई सम्मान र पुरस्कार प्रदान गरिएको हो । शनिबार शीतलनिवासमा आयोजित एक समारोहबीच राष्ट्रपति रामचन्द्र पौडेल र सञ्चारमन्त्री रेखा शर्माले विभिन्न सञ्चारमाध्याममा कार्यरत पत्रकारहरूलाई सम्मान र पुरस्कार प्रदान गर्नुभएको थियो ।

यो वर्षको प्रेस काउन्सिल गोपालदास पत्रकारिता पुरस्कार पत्रकार निर्मला शर्मालाई प्रदान गरिएको छ । काउन्सिलले १६ जनालाई सम्मान गरेको छ । सम्मानित हुने पत्रकारहरूमा विजय चालिसे, कुलचन्द्र वाग्ले, धर्मेन्द्र झा, गगन विष्ट, राजन कार्की, नरेन्द्रजंग पिटर, राजु सिलवाल, रमेश तुफान, मनमोहन स्वाँर, रविन्द्र घिमिरे, केदार भट्टराई, मोती पौडेल, कृष्ण अधिकारी, रमेश पौडेल, उदय जिएम र राजकुमार कार्की रहनुभएको छ ।

त्यस्तै, प्रेस काउन्सिल क्रियाशील पत्रकारिता पुरस्कार १६ जना पत्रकारलाई प्रदान गरिएको छ । पत्रकारहरू विमल ज्ञवाली, जीवन भण्डारी, शंकर रोक्का, श्यामदत्त भट्ट, रामकला खड्का, ताराचन्द्र देवकोटा, भीष्मराज ओझा, माधव बस्नेत, रामकृष्ण अधिकारी, चाँदनी आचार्य, दामोदर न्यौपाने, मणिराज (मोहन) बाँस्तोला, रमेश गिरी, रमेश शाही, प्रेमकुमार आचार्य र वीरेन्द्र रमणलाई क्रियाशील पत्रकारिता पुरस्कार प्रदान गरिएको छ ।

ADVERTISEMENT

त्यस्तै, प्रेस काउन्सिल युवा पत्रकारिता पुरस्कार १९ जना पत्रकारलाई दिइएको छ । पत्रकारहरू पाण्डव शर्मा, मिन ठकुरी, वीरेन्द्र केसी, सञ्जीव घिमिरे, कृष्ण ओली, दीपा रेग्मी, मदन कोइराला, सुवास पण्डित, युवराज खड्का, नरेन्द्रसिंह कार्की, अमृतप्रसाद पौडेल, विनोदकुमार मल्ल, भानुभक्त निरौला, हरि भण्डारी, विजय रावत, जगदीश्वर पाण्डे, राजु लामिछाने, इन्द्र विवस डिसी र ओमकार आचार्यलाई युवा पत्रकारिता पुरस्कार प्रदान गरिएको छ ।

त्यस्तै प्रेस काउन्सिल महिला सशक्तीकरण पत्रकारिता पुरस्कार पवित्रा सुनार, भवानी अधिकारी, तारा चापागाईं, दुर्गा आचार्य, रूपा घिमिरे र गगनशीला खड्कालाई प्रदान गरिएको छ । प्रेस काउन्सिल समावेशी पत्रकारिता पुरस्कार सात जनाले पाएका छन् । सन्तोष सिंह, मनकुमार गदाल, शर्मिला बुढाथोकी, रितेश त्रिपाठी, रजनी योगी, विनोद परियार, फिरोज सिद्दिकीलाई प्रदान गरिएको छ ।

प्रेस काउन्सिल विधागत पत्रकारिता पुरस्कार केशव थोकर र नेमिश गौतमलाई प्रदान गरिएको छ भने प्रेस काउन्सिल साहित्यिक पुरस्कार हिमाल गुराँस द्वैमासिकका खिमानन्द पोखरेललाई प्रदान गरिएको छ । प्रेस काउन्सिल भाषागत पत्रकारिता पुरस्कार मैथली भाषाको आँजुर द्वैमासिकका सम्पादक रामभरोष काँपडीलाई प्रदान गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *