काठमाडौं । नेकपा एमालेका सचिव योगेशकुमार भट्टराईले मुलुकको शैक्षिक क्षेत्रको विकासमा सरकार संवेदनशील नभएको आरोप लगाउनु भएको छ ।
मुलुकको समग्र आर्थिक समृद्धि र विकासको पहिलो जग शिक्षा भए पनि गठबन्धन सरकारले यसको विकासका लागि लगानीको बाताबरण नबनाएकोसमेत आरोप लगाउनु भयो।
शिक्षाका लागि राष्ट्रिय अभियान नेपालले शनिवार काठमाडौँमा आयोजना गरेको कार्यक्रममा सचिव भट्टराईले मुलुकलाई सवल राष्ट्रमा परिणत गर्न पनि सरकारले शिक्षामा लगानी बढाउनुपर्नेमा जोड दिनुभयो ।
शिक्षामा लगानी वार्षिक रूपमा घट्दै गएको भन्दै सचिव भट्टराईले गुणस्तरीय शिक्षाका लागि राष्ट्रिय बहसको थाल्नु पर्नेमा जोड दिनु भयो।






