मुलुकमा उत्पादनमुलक शिक्षामा जोड दिनुपर्ने आवश्यक्ता छ : शिक्षामन्त्री राई

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 4 mins

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोककुमार राईले प्राविधिक शिक्षामा जोड दिनुपर्ने आवश्यक्ता औंल्याउनु भएको छ ।

आत्मनिर्भर, स्वावलम्बि र उत्पादन वृद्धि हुनेगरी शिक्षालाई प्राविधिक शिक्षामा रुपान्तरण गर्नुपर्ने उहाँको भनाई थियो ।

शिक्षाका लागि राष्ट्रिय अभियान नेपालले शनिवार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै मन्त्री राईले श्रमलाई सम्मान गर्ने भावनाको जागृत गराउन पनि सरोकारवाला सबै निकायलाई आग्रह गर्नुभयो ।

श्रमलाई सम्मान गर्ने भावनाको विकास नहुँदा मुलुकको शैक्षिक जनशक्ति विदेशतिर पलायन हुने अवस्था आएकाले त्यसलाई रोक्न सबै पक्षले सरकारलाई साथ दिनुपर्ने उहाँले बताउनु भयो । मन्त्री राईले श्रम महान चीजको भन्ने कुरा स्थापित नभएसम्म युवाहरुले मुलुक भित्रै श्रम गर्ने बानीको विकास हुन नसक्ने बताउनु भयो ।

ADVERTISEMENT

उहाँले भन्नुभयो, ‘आत्मनिर्भर, स्वावलम्वि हुने, उत्पादन अभिवृद्धि गर्ने खालको शिक्षातर्फ जानुपर्ने अव जानुपर्ने आवश्यक्ता छ । शिक्षाको परिभाषा त हामीले एकैखालको राख्न सक्ने अवस्था रहेन । कुनै बेला हलो जोत्नु शिक्षा हुँदैन थियो । कुनै बेला आरनमा बसेर घन ढोक्नु चाँही शिक्षा हुँदैन थियो । कुनै जमाना थियो, चोयाको डोकोडालो बन्नु शिक्षा हुँँदैन्थ्यो । अहिले त त्यो सबै शिक्षा हो नि । प्रविधि, ज्ञान, ज्ञानबाट विज्ञान प्रयोगबाट सिद्ध हुने त्यहाँ विज्ञानबाट प्रविधि । जीवनमुखि उत्पादनमुखि शिक्षा । त्यसो भएको हुनाले शिक्षालाई प्राविधिक शिक्षामा रुपान्तरण गर्नुपर्ने र जीवन उपयोगी, उत्पादनमुखि शिक्षामा रुपान्तरण गर्नुपर्ने आवश्यक्ता पनि त्यत्तिकै महत्वपूर्ण रहेको छ । सबैभन्दा मुख्यकुरा हामीले हाम्रो यो सोच्ने तरिकालाई, श्रमलाई सम्मान गर्ने तरिकालाई, काम महान चिजको हो भन्ने मान्यतालाई स्थापित गर्नुपर्ने छ । त्यसमा सम्पूर्ण सञ्चारकर्मी साथीहरु, अभियन्ता साथीहरु, शिक्षाविद्हरु, हाम्रा विद्यार्थी भाईबहिनीहरु सबैले यो चीजलाई आत्मासात गरेर समाजको सोचाईलाई रुपान्तरण गर्नुपर्ने देख्दछु ।’

मन्त्री राईले शिक्षा क्षेत्रमा लगानी अनुसारको प्रतिफल पनि मुलुकले पाउन नसकेको गुनासो समेत गर्नुभयो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *