सिटिजन्स क्यापिटल र खानीखोला हाइड्रोबीच सम्झौता

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 1 min

काठमाडौं । सिटिजन्स क्यापिटल लिमिटेड र खानी खोला हाइड्रोेपावर कम्पनी लिमिटेडबीच हाइड्रोपावरको साबिकको सेयरधनीका लागि हकप्रद सेयर निष्काशनसम्बन्धी सम्झौता भएको छ । सम्झौतामा खानीखोला हाइड्रोपावरका प्रमुख कार्यकारी अधिकृत भरत लामिछाने थापा तथा सिटिजन्स क्यापिटलका प्रमुख कार्यकारी अधिकृत सविर बादे श्रेष्ठले हस्ताक्षर गर्नुभएको छ ।

ADVERTISEMENT

सम्झौताअनुसार सिटिजन्स क्यापिटलले निकट भविष्यमा खानीखोला हाइड्रोपावर कम्पनीको हकप्रद सेयर निष्काशन प्रबन्धकका रूपमा काम गर्नेछ । खानीखोला हाइड्रोपावरअन्तर्गत टुंगुन-ठोस्ने तथा खानीखोला जलविद्युत् आयोजना ललितपुरमा क्रमशः ४.३६ मेगावाट र दुई मेगावाट उत्पादन क्षमता रहेका आयोजना २०७३ मंसिरदेखि नै सञ्चालनमा आइसकेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?