हिमालयनका ग्राहकलाई छुट

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 1 min

काठमाडौं । हिमालयन बैंकका ग्राहकले एक सय ६० भन्दा बढी स्थानमा विशेष छुट पाउने भएका छन् । हिमालयन बैंकले आफ्नो ग्राहकमाझ विभिन्न सेवा अभिवृद्धि गर्ने उद्देश्यले सम्पूर्ण ग्राहकलाई काठमाडौं, पोखरा, चितवनलगायत देशका विभिन्न एक सय ६० भन्दा बढी स्थानमा विशेष छुटको व्यवस्था गरेको हो ।

ADVERTISEMENT

बैंकका ग्राहकले देशका विभिन्न स्थानमा रहेका प्रसिद्ध होटल, रेष्टुराँ, अस्पताल, ल्याब, डायगोनोस्टिक सेन्टर, गहना गृह, कपडा, चस्मा, घडी पसल, मोबाइल, ल्यापटप तथा सम्बन्धित सामग्री, खेलकुद सामग्री, फर्निचर, विद्युतीय दुईपांग्रे सवारी, कस्मेटिक, बुटिक, सलुन, ट्राभल एण्ड ट्रेक, एडभेन्चर टुरिजमलगायतका वस्तु खरिद तथा सेवा शुल्कमा भारी छुट पाउन सक्ने बैंकले जनाएको छ । बैंकले सम्बन्धित व्यवसायीसँगकोे सहकार्यमा आफ्ना ग्राहकको सुविधालाई मध्यनजर गर्दैै अधिकतम् २० प्रतिशतसम्म छुटको व्यवस्था गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज