नवलपरासी । बर्दघाट नगरपालिका वडा नम्बर १४ पश्चिम नवलपरासी जिल्लामा नै पहिलो सार्वजनिकिकरण गर्ने वडा बनेको हो ।
बर्दघाट १४ ले आज शुक्रवार आर्थिक बर्ष २०७९/८० मा सम्पन्न भएका योजनाहरुको सार्वजनिकीकरण गरेको छ । वडाले अध्यक्ष सन्तबहादुर गाहाले वडा स्तरीय बजेटको कार्यान्वयनको बिवरण सार्वजनिक गर्दै ७५ लाख ५२ हजार रुपैयाँको सम्पन्न कार्य सम्पन्न गरेको बताउनु भयो ।
उहाँले वडा भित्र सञ्चालनमा रहेका विद्यालय तथा सार्वजनिक स्थानहरूमा विभिन्न स्थानीय, प्रदेश र संघीय सरकारबाट प्राप्त अनुदान, नगरको हिउँदे अधिबेशनबाट शीर्षक परिवर्तन भइ वडामा सम्पन्न भएका कार्यहरूको सार्वजनिक गर्नु भयो ।
आर्थिक बर्षमा घरगोठ र जग्गा नामसारी, नगरिकता सिफारिस, नाता प्रमाणीत गरि २ हजार ७ सय ६७ वटा सिफारिस गरिएको छ । जन्म दर्ता, मृत्यु दर्ता, बिबाह दर्ता, बसाईसराइ गरि ४ सय ७९ वटा व्यक्तिगत घटना दर्ता भएको वडा कार्यालयले जानकारी दिएको छ ।वडाले गत बर्ष सम्पती कर, भुमिकर (मातपोत), सिफारिस दस्तुर, घटना दर्ता, वहाल कर गरि १९ लाख ५४ हजार ८ सय ३ रुपैया राजस्व संकलन गरेको छ ।
कार्यक्रममा बसुदेव पौडेल, शिशिर बि.क., लक्ष्मण हमाल, कृष्ण कामु, नेपाल काङ्ग्रेस बर्दघाट नगर सभापति दामोदर जि.सि.लगायतले बोल्दै वडा भित्रको सार्वजनिक जग्गा, सेवा प्रवाह, कृषि, पशुपालन, बिकास निर्माण, शिक्षा, स्वास्थ्य, सिचाइ, बिद्धुतिकरण लगायतका बिषयमा प्रश्न उठाउनु भएको छ ।
कार्यक्रममा उठेका प्रश्नहरुको जवाफ दिदै नगर प्रमुख शम्भुलाल श्रेष्ठले बर्दघाट नगरले असोज महिना भित्रमा सबै वडाहरुले सार्वजनिकिकरण गर्ने बताउनु भयो । उहाँ भन्नुहुन्छ-"नगर प्रवक्ता को वडा १४ बाट सुरु भएको यो कार्यक्रम अब अरु १५ वटा वडा हुँदै नगरले असोज महिना भित्र गरेर सक्ने छौं ।"
कार्यक्रममा सामाजिक बिकास समितिका संयोजक भिमकाजी गुरुङ्ग र वडा अध्यक्ष एव नगर प्रवक्ता सन्त बहादुर गाहाले स्थानीयहरुले राखेको प्रश्नहरुको जवाफ दिँदै बर्दघाट नगर पालिका र वडा कार्यालयले चुस्त र दुरुस्त सेवा प्रवाहमा लागेको बताउनु भयो।
स्वागत वडा सदस्य सिर्जना बिश्वकर्माको रहेको कार्यक्रमकाे संचालक वडा सचिव टंकनाथ पाण्डेले सञ्चालन गर्नु भएको िथयाे ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच