सदरमुकाम मलंगवामा २३ सेल अश्रुग्याँस प्रहार

प्रकाश मैनाली सर्लाही, संवाददाता

फाइल तस्वीर

प्रकाश मैनाली सर्लाही, संवाददाता
Read Time = 2 mins

सर्लाही । पुरानो मलंगवा नगरक्षेत्रमा कर्फ्यू आदेश जारी रहेकै अवस्थामा आज दिउँसो प्रदर्शन भएको छ । प्रहरीले भीड नियन्त्रणका लागि २३ शेल अश्रुग्याँस समेत प्रहार गरेको छ ।

गणेश पूजाको मूर्ति सेलाउने क्रममा सर्लाही सदरमुकाम मलंगवामा बिहीवार राति तनाव उत्पन्न भएपछि जिल्ला प्रशासन कार्यालय सर्लाहीले कर्फ्यू आदेश जारी गरेको छ ।

मलंगवा नगरपालिका वडा नं. ३ मा झडपको स्थिति सिर्जना भएपछि प्रहरीले भीड नियन्त्रणका लागि २३ शेल अश्रुग्याँस प्रहार गरेको छ ।

ADVERTISEMENT

मुर्ती सेलाउने क्रममा भएको विवाद सम्बन्धी विषयलाई लिएर साविक मलंगवा नगरपालिका क्षेत्रमा भएको सार्वजनिक सम्पत्तिको तोडफोड, आगजनी, ढुंगामुढा प्रहार, उच्छृंखल गतिविधि लगायतका विरोध प्रदर्शनका कारण सर्वसाधारणको सुरक्षामा पर्न सक्ने सम्भावित जोखिम एवम्‌ शान्ति भंग हुन जान सक्ने स्थिति देखिएकोले मलंगवामा यश अघि पनि पटकपटक मूर्ति सेलाउने क्रममा झडपको घटना हुँदै आएको छ ।

स्थिति नियन्त्रणमा लिन जिल्ला प्रशासन कार्यालय सर्लाहीले यसअघि पनि कर्फ्यू आदेश जारी गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?