विद्यालय शिक्षा विधेयकमा धैरै त्रुटि, ७० भन्दा बढी संशोधन हाल्नुपर्ने छन् : गगन थापा

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 1 min

काठमाडौं । सत्तारुढ कांग्रेस महामन्त्री गगनकुमार थापाले संसदमा दर्ता भएको विद्यालय शिक्षा विधेयकमा धेरै त्रुटि रहेको बताउनु भएको छ।

काठमाडौंमा शुक्रबार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले उक्त विधेयकमा आफूले ७० भन्दा बढी संशोधन हाल्नुपर्ने ठाउँ रहेका भन्दै विधेयकप्रति असन्तुष्टि जनाउनु भएको छ ।

ADVERTISEMENT

उक्त विधेयकको विरोधमा देशभरका शिक्षकहरु काठमाडौं आएर प्रदर्शन गरिरहेका बेला उहाँले धेरै त्रुटि रहेकाले संसदबाट सच्याउनुपर्ने बताउनु भयो । दीर्घकालीन रुपमा सोचेर कानुन बनाउनुपर्ने भन्दै उहाँले संसदबाट सच्याएर उक्त विधेयक पारित गरिनुपर्ने बताउनु भयो ।

साथै उहाँले तत्काल शिक्षकहरुको माग सम्बोधन गरेर पठनपाठनको अवस्था सृजना गर्न सरकारसँग माग पनि गर्नुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज