शिक्षा विधेयकबारे छलफल गर्न कांग्रेसले बोलायो संसदीय दलको बैठक

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 1 min

काठमाडौं । प्रतिनिधि सभामा दर्ता भएको शिक्षा विधेयकबारे छलफल गर्न सत्तारुढ दल नेपाली कांग्रेसले संसदीय दलको बैठक बोलाएको छ।

काँग्रेसले यही असोज ८ र ९ गतेका लागि संसदीय दलको बैठक बोलाएको हो । प्रतिनिधि सभामा दर्ता भएको शिक्षा विधेयकबारे छलफल गर्न बैठक बोलाइएको बताइएको छ ।

बैठकमा अन्य समसामयिक विषयमा पनि छलफल हुने बताइएको छ ।

ADVERTISEMENT

यसैबीच कांग्रेसका केही सांसदले विद्यालय शिक्षा सम्बन्धी विधेयकमा धेरै त्रुटी रहेकाले संसदबाट सच्चाउनु पर्ने बताउँदै आएका छन् ।

उनीहरुले विद्यालय शिक्षा सम्बन्धी विधेयक सरकारको प्रस्तावमात्रै भएकाले यसमा रहेका धेरै त्रुटीहरुलाई संसदबाट सच्चाउन सकिने बताउँदै आएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *