दलित समुदायको मानवअधिकारका लागि संघसंस्थाको भूमिका महत्त्वपूर्ण

मान बहादुर बिश्वकर्मा कालिकोट
मान बहादुर बिश्वकर्मा कालिकोट
Read Time = 6 mins

कालीकोट । दलित समुदायमाथि जातकै आधारमा हुने अत्याचारका घटना दिन प्रतिदिन बढ्दो अवस्थामा रहेको, तर त्यस्ता घटना बाहिर नआई राजनीतिक दबाब, आर्थिक प्रलोभन र लेनदेनमा मिलापत्र, पीडितको असुरक्षा, कानुनी ज्ञानको अभाव र भौगोलिक जटिलता जस्ता कारणले बाहिर नआउने गरेको एक कार्यक्रमका सहभागीहरूले बताएका छन् ।

भदौ ३१ गतेदेखि असाेज २ गतेसम्म कालीकोटको सदरमुकाम मान्ममा भएको दलित, महिला मानवअधिकार तथा पैरवी सम्वन्धि ३ दिने आधारभूत तालिमा सहभागी अधिकांश ब्यक्तिले यस्तो बताएका हुन् ।

हाम्रो आवाज हाम्रो रोजाई अर्न्तगत मानव अधिकार तथा विकास सञ्चार केन्द्र (हुर्डेक) कालीकोटको आयोजना तथा युरोपियन युनियनको सहयोग, प्लान इन्टरनेशनल नेपाल र फेडो नेपालको साझेदारीमा सञ्चालन भएको तीनदिने तालिममा सहभागीहरुले सामाजिक क्यान्सरका रुपमा रहेको जातीय विभेद र महिलामाथि हुने हिंसात्मक क्रियाकलापले समाज अझैपनि माथि उठ्न नसकेको बताए ।

जातकै आधारमा हुने अपराधमा दोषीलाई उन्मुक्ति दिन र घटनाहरूलाई लुकाउन राजनीतिक दबाब, आर्थिक लेनदेनका आधारमा मिलापत्र, पीडितको असुरक्षा, कानुनी ज्ञानको अभाव, भौगोलिक जटिलता, माफी तथा कानुन कार्यान्वन गर्ने निकायहरूको न्यून तदारुकतालगायत प्रमुख कारण रहेको उनिहरुको भनाइ थियो ।

जातीय विभेद छुवाछूत र महिला हिंसाको चपेटामा रहेको कालीकोटमा जिल्ला स्थित सरकारी तथा गैरसरकारी संघसंस्थाहरुका कारण जिल्लामा हुने यस्ता घटनामा कमि आउने आँकलन गरिएको छ ।

सामाजिक रुपमा विभेद र घरपरिवार तथा अन्य समुदायबाट अपहेलित हुँदै महिला हिंसाका घटनाहरु बढ्दै गएपछि यसको रोकथाम र न्यूनीकरणका बिरुद्ध यहाँका सरकारी तथा गैर सरकारी संस्थाहरु लागि परेका छन् ।

ADVERTISEMENT

जिल्लामा ब्याप्त रहेको जातीय छुवाछूत, महिला हिंसा, घरेलु हिंसा, लगायत अन्य समस्याबाट ओझेलमा रहेको कालीकोट जिल्लामा यहाँका विभिन्न संघसंस्थाहरुले गर्ने जनचेतनामूलक कार्यक्रम र सभा सम्मेलनले नागरिकको बुझाई सँगसँगै दलित माथि हुने जातीय विभेद र महिलामाथि हुने हिंसामा परिवर्तन नागरिकको बुझाइ छ ।

हुर्डेक कालीकोटका अध्यक्ष देवकला आचार्यको अध्यक्षतामा तथा जिल्ला समन्वय समितिका सदस्य अप्सरा कुमाल, फेडो नेपाल कालीकोटका अध्यक्ष हजा सुनार, जिल्ला संयोजक रमेश नेपालीको आतिथ्यतामा उद्घाटन भएको तीनदिने तालिममा खाँडाचक्र नगरपालिका ११ वटै वडाका दलित, महिला अधिकारको वकालत गर्ने स्थानीय नागरिक समाजका प्रतिनिधि, दलित महिला, जनजाती पत्रकार, जिल्ला प्रहरी कार्यालय दलित महिला सेलका प्रतिनिधिलगाएत २२ जना महिला र १७ जना पुरुष गरी ३९ जनाको सहभागित रहेको थियो ।

तालिमका सहजकर्ता कालीबहादुर मल्लले मानव अधिकारको परिभाषा, आधारभूत अवधारण, मानव अधिकारको विश्वव्यपी घोषणपत्र, लोकतन्त्रमा नागरिक स्थान, महिला अधिकार, दलित अधिकार, युवाका अधिकारलगाएतका विषयमा सहजीकरण गरेको हुर्डेक कालीकोटले जनाएको छ ।

तालिमका सहभागीहरुले समाजमा अहिलेसम्म जातीय विभेद, महिला हिंसा, युवाहरुमा बेरोजगारी समस्या कायमै रहेकाले सबैले यस्ता सवालमा पैरवी गर्नुपर्ने बताएका थिए । साथै उनीहरुले अधिकारबाट वञ्चित भएको नागरिकको अधिकार सुनिश्चिताको लागि पैरवी गर्न तालिमले महत्वपूर्ण सहयोग पुग्ने धारणा समेत राखेका थिए ।

फेडो नेपालका जिल्ला संयोजक रमेश नेपालीले मिडियाले दलित समुदायमाथि जातीय भेदभावको सोच राखेर भएका अत्याचारका घटनालाई प्राथमिकताका साथ प्रकाशन र राज्यको ध्यानाकर्षण गराउनुपर्नेमा जोड दिनुभयो । उहाँले अहिलेको विज्ञान र प्रविधिको युगमा समेत जातका आधारमा हुने विभेद र निकृष्ट प्रकारका हिंसाका घटनाको अन्त्यका लागि सञ्चारमाध्यमको समेत महत्त्वपूर्ण भूमिका रहेको बताउनुभएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?