पाथीभरा मन्दिरको भेटी हिमामिना

प्रकाश नेपाल इलाम, संवाददाता
प्रकाश नेपाल इलाम, संवाददाता
Read Time = 4 mins

इलाम । इलामको रोङ गाउँपालिका– ३ मा रहेको पाथीभरा मन्दिरको भेटीबापतको रकम हिमामिना भएको रोङ गाउँपालिकाले दावी गरेको छ । मन्दिरमा चढाएको ८८ लाख रुपैयाँ बढी रकम हिनामिना भएको गाउँपालिकाको दावी छ ।

रकम हिनामिना भएको भन्दै जिल्लाा प्रशासन कार्यालय इलामलाई छानविनका लागि आग्रह गरे पश्चात छानविन समिति बनेको तर लामो समय वितिसक्दा पनि प्रतिवेदन सार्वजनिक नगरेको भन्दै गाउँपालिका अध्यक्ष मनिकुमार स्याङ्बोले गाउँपालिका परिसरमा पत्रकार सम्मेलन गर्दै प्रतिवेदन सार्वजनिक गर्न माग गरेका हुन् ।

जिल्ला प्रशासन कार्यालयको छानविन प्रतिवेदन सार्वजनिक नभएपछि रोङ गाउँपालिकाले गठन गरेको अध्ययन समितिले भेटी, सुन, चाँदी र अन्य सहयोगबापतको ८८ लाख ८३ हजार १ सय २४ रुपैयाँ रकम हिनामिना भएको दावी गरेको छ ।

गाउँपालिकाको अध्ययन प्रतिवेदनमा अनुसार समितिले आर्थिक वर्ष ०७५/०७६ देखि ०७९ को माघ मसान्तसम्म पाथीभरा मन्दिरको कूल आम्दानी तीन करोड १४ लाख ६२ हजार ९ सय २९ देखिएको उल्लेख छ । जसमध्ये खर्च दुई करोड २० लाख ९१ हजार २४२ रुपैयाँ भएको प्रतिवेदनमा उल्लेख छ । ०७५ असोजदेखि २०७९ माघ मसान्तसम्मको ८८ लाख ८३ हजार १ सय २४ रकम मौजदात रहनुपर्ने प्रतिवेदनमा उल्लेख छ ।

ADVERTISEMENT

उक्त ८८ लाख ८३ हजार १२४ रुपैयाँ रकम कहाँ छ भनेर प्रतिवेदनमा उल्लेख गरिएको छैन । उक्त रकम पाथीभरा संरक्षण समितिले हिनामिना गरेको गाउँपालिकाको दावी छ । जिल्ला प्रशासन कार्यालय इलामले छानविन प्रतिवेदन गुपचुप गरेको आरोप लागेपनि प्रमुख जिल्ल अधिकारी श्रवणकुमार पोखरेलले यस्तो नभएको बताउनुभयो ।

गाउँपालिकाको निरन्तर दबाबपछि जिल्ला प्रशासन कार्यालय इलामले गत जेठ २३ गते सहायक प्रमुख जिल्ला अधिकारी ध्रुवप्रसाद कोइरालाको संयोजकत्वमा छानविन समिति गठन गरेको थियो । उक्त समितिमा गाउँपालिकाको तर्फबाट लेखा परीक्षक प्रज्ज्वल अधिकारी सहभागी रहेका थिए । तीन महिना लगाएर समितिले इलामका प्रमुख जिल्ला अधिकारी पोखरेललाई प्रतिवेदन बुझाएको थियो । तर, प्रतिवेदन सार्वजनिक गर्न प्रजिअ पोखरेलले आनाकानी गरेको भन्दै गाउँपालिका आफैँले अध्ययन प्रतिवेदन सार्वजनिक गरेको हो ।

रोङ गाउँपालिकाले पाथीभरा मन्दिरमा अनियमितता भएको आशंका गर्दै जिल्ला प्रशासन कार्यालय इलामलाई पत्र लेखेदेखि गाउँपालिका र प्रशासनबीच टकराव सुरु भएको थियो । सानो पाथीभरा नामले परिचित मन्दिरमा संकलन भएको भेटी, सुन, चाँदी र अन्य सहयोगमा घोटला भएको हुनसक्ने भन्दै गत जेठमा गाउँपालिकाले प्रशासनलाई पत्र लेखेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज