काठमाडौं । बाँकेमा रहेको एक बालसुधार गृहमा दुई पक्षबीच झडप भएको छ । जिल्लाको डुडुवा गाउँपालिकामा रहेको उक्त सुधार गृहमा दुवै पक्षबीच झडप हुँदा एक जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।
जयन्दु बाल सुधार गृहमा गए राति झडप भएको थियो। झडपमा ११ जना घाइते भएका र एक जनाको उपचारको क्रममा निधन भएको प्रहरीले जनाएको छ । मृत्यु हुनेमा कपिलवस्तु रुद्रपुरका सुलभ केसी रहेका छन। उनी अपहरण, शरिरबन्धक र जबरजस्ती करणी कसुरमा सुधार गृह सजाय काटिरहेका थिए ।
झडपमा अन्य १० जनाको अवस्था गम्भीर रहेको छ। घाइतेहरूको नेपालगन्ज शिक्षण अस्पतालमा उपचार भइरहेको छ ।







Video News Post
Breaking News with Advertisements
Breaking news with related posts