नवलपरासी । शिक्षकको आन्दोलनले गर्दा पश्चिम नवलपरासीमा रहेका सामुदायिक विद्यालयहरु आज बन्द भएका छन् ।
‘विद्यालय शिक्षा ऐन २०८०’ को विरोध गर्दै शिक्षकहरु आन्दोलनको लागि देशको राजधानी काठमाडौं गएपछि विद्यालयहरु बन्द भएका हुन् ।
जिल्लामा रहेका ३ नगरपालिका र ४ गाउँपालिका गरी ७ वटा स्थानिय तहबाट ५ सय जना शिक्षकहरु आन्दोलनको लागि काठमाडौं गएका छन् ।
शिक्षकहरुले काठमाडौं अन्दोलनमा गएका कारण नवलपरासीका अधिकांश सामुदायीक विद्यालयहरुले आफ्नो सामाजिक सञ्जालमा मार्फत विद्यालय बन्दहुने सूचना प्रेसित गरेका थिए ।
विद्यालय शिक्षा विधेयकको विरुद्धमा शिक्षकहरुले हिजोदेखि काठमाडौंको माइतीघर-नयाँबानेश्वर सडकमा आन्दोलन गरिरहेका छन् ।







देशका अधिकांश जिल्लामा वर्षा, सतर्कता