युद्धग्रस्त यमनमा खडेरीको चुनौति

न्युज एजेन्सी नेपाल
न्युज एजेन्सी नेपाल
Read Time = 2 mins

काठमाडाैं । वर्षौंदेखिको अशान्तिको बोझले दबिएका यमनी जनता अहिले निरन्तर खडेरीको चुनौति सामना गरिरहेका छन् । यसले यमनको कृषि क्षेत्रको लागि झनै खतरा निम्त्याएको छ ।

कृषि क्षेत्र युद्धग्रस्त यमनी जनताका लागि जीवन जिउने माध्यम हो । सानाको बाहिरी भागमा रहेका गाउँहरुमा सुख्खा र फुटेको माटो, सुख्खा इनारहरु देखिएका छन् । राजधानीबाट करिव १० किलोमिटर उत्तरपूर्वमा रहेको सावन गाउँमा पानीको जलाशय सुकेका छन् ।

ADVERTISEMENT

यस वर्ष यमनमा कम वर्षा भएको छ । जसकारण कृषि क्षेत्रमा उल्लेख्य अन्नबाली लगाउन जनताले सकेका छैनन् । हालैको एक प्रतिवेदनमा संयुक्त राष्ट्र (युएन) ले जलवायु परिवर्तन सम्बन्धी प्राकृतिक प्रकोपहरुले युद्धग्रस्त देशमा मानवीय संकट बढाएको र मौसमी घटनाले सिंचाई सुविधा ध्वस्त पारेको बताएको छ ।

यमनमा खाद्यान्न र जीविकोपार्जनमा असुरक्षा बढ्दै गएको छ । संयुक्त राष्ट्रसंघका अनुसार यमनमा २०२२ यता प्राकृतिक प्रकोप र अन्य प्रकोपका कारण बिस्थापित व्यक्तिहरुको संख्या दोब्बर भएको बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?