सुनचाँदीको मूल्य घट्यो

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 1 min

काठमाडौं ।  बुधबार नेपाली बजारमा सुनचाँदीको कारोबार मूल्य घटेको छ । सुनचाँदी व्यवसायी महासंघले आजको बजारभाउ तय गर्दै सुनको मूल्य तोलामा २०० र चाँदीको मूल्य तोलामा ५ रुपैयाँले घटेको हो ।

यससँगै, आज छापावाल सुनको मूल्य तोलामा १ लाख १२ हजार ८०० रुपैयाँ र तेजाबी सुनको मूल्य तोलामा १ लाख १२ हजार २५० रुपैयाँ छ । हिजो छापावाल सुनको मूल्य तोलामा १ लाख १३ हजार रुपैयाँ र तेजाबी सुनको मूल्य तोलामा १ लाख १२ हजार ४५० रुपैयाँ थियो ।

ADVERTISEMENT

सुनको मूल्य लगातार तेस्रो दिन बढेपछि आज घटेको हो । आइतबार सुनको मूल्य ५०० रुपैयाँले बढेको थियो भने सोमबार २०० र मंगलबार पुनः ५०० रुपैयाँले बढेको थियो ।

सुनको मूल्य घटेको दिन आज चाँदीको मूल्य समेत घटेको छ । तोलामा ५ रुपैयाँले घटेसँगै चाँदीको मूल्य प्रतितोला १४ सय ५ रुपैयाँ कायम छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज