छाउपडी प्रथा बिरुद्ध कालीकोटमा सडक नाटक

मान बहादुर बिश्वकर्मा कालिकोट
मान बहादुर बिश्वकर्मा कालिकोट
Read Time = 2 mins

कालीकोट । कालीकोटको खाँडाचक्र नगरपालिका-३ ताडीमा हरितालिका तीजको अबसरमा सोमबार महिलामाथि हुने विभिन्न प्रकारका घटनालाई समाबेश गर्दै सडक नाटक प्रदर्शन गरिएको छ ।

महिला सशक्तीकरण मञ्च नेपाल दैलेखको आयोजना, यूएनडीपीको सहयोग तथा खाँडाचक्र नगरपालिकाको समन्वयमा जनचेतनामूलक सडक नाटक प्रदर्शन गरिएको हो ।

नाटकमा समाजमा रहेको रुढीवादी पराम्परा छाउपडी प्रथा, महिला हिंसा, बालबिवाह विरुद्ध र शिक्षा तथा स्वास्थ्यलगायतका विषय समेटिएको थियो ।

ADVERTISEMENT

'नाटकमा बोल्दै महिला सशक्तीकरण मञ्चका जिल्ला संयोजक चन्दा पाण्डेले छाउपडी प्रथा हाम्रै आमा दिदी बहिनीले भोग्दै आएको समस्या हो, यसलाई हामीले आजै देखि अन्त्य गर्नु पर्छ ।' उहाँले भन्नुभयो, 'महिनावारी हुँदा छाउगोठमा राख्दा धेरै महिलाले अकालमा ज्यान गुमाउनु परेको छ । यसको अन्त्य गर्नका लागि हामीले सडक नाटक जस्ता विभिन्न कार्यक्रम सञ्चालन गरेर समुदायलाई स्पष्ट पारिएको बताउनुभयो ।'

उहाँले छाउपडी प्रथा भनेको एक गलत प्रथा हो । यसलाई हामीले अन्त्य गर्नुपर्छ यसका लागि एक जनाले मात्र अभियान चलाएर हुदैन यसका लागि सबै लाग्नु पर्ने र यसको अन्त्यका लागि भित्रि मन देखि नै आयो भने यसको अन्त्य सम्भव रहेको बताउनुभयो ।

सडक नाटक प्रदर्शनी कार्यक्रममा सम्बन्धित वडाका प्रतीनिधिहरु, प्रत्रकार , समाजसेवीलगायत स्थानीय हरुको सहभागीता रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?