यस्तो छ– आजको विदेशी मुद्रा विनिमय दर

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 2 mins

काठमाडौं । नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। जसअनुसार भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ ।

नेपाल राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलरको खरिद दर १३२ रुपैयाँ ४० पैसा र बिक्री दर १३३ रुपैयाँ ८० पैसामा तथा युरोपियन युरो एकको खरिद दर १४१ रुपैयाँ ५२ पैसा र बिक्री दर १४२ रुपैयाँ १६ पैसा कायम गरिएको ।

बेलायती पाउण्ड एकको खरिद दर १६४ रुपैयाँ ५२ पैसा र बिक्री दर १६५ रुपैयाँ ३० पैसामा खरिदबिक्री हुदाँ अष्ट्रेलियन डलर खरिदमा ८५ रुपैयाँ ४३ पैसा र बिक्रीदर ८५ रुपैयाँ ८२ पैसा तथा क्यानेडियन डलर खरिदमा ९८ रुपैयाँ १९ पैसा, बिक्रीदर ९८ रुपैयाँ ६३ पैसामा कारोबार हुनेछ ।

ADVERTISEMENT

जापानिज येन १० को खरिदमा ८ रुपैयाँ ९८ पैसा र बिक्रीदर ९ रुपैयाँ ०२ पैसामा कारोबार हुदाँ दक्षिण कोरिया वन १०० को खरिदमा ९ रूपैयाँ ९९ पैसा र बिक्रीदर १० रूपैयाँ ३ पैसा कायम गरिएको छ ।

कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ २२ पैसा र बिक्री दर ३६ रुपैयाँ ३८ पैसामा कारोबार हुने जनाएको राष्ट्र बैंकले साउदी रियाल एकको खरिद दर ३५.४१ रुपैयाँ र बिक्री दर ३५.५७ रुपैयाँ कायम हुदाँ मलेसियन रिंगिट एकको खरिद दर २८.३५ रुपैयाँ रहेको छ भने बिक्री दर २८.४८ रुपैयाँ कायम भएको छ ।

साथै, कुवेती दिनार १ को खरिदमूल्य ४२९.३७ पैसा र विक्रीदर ४३१.८१ पैसामा कारोबार हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज