काठमाडौं । वान्ली चोकोफन भन्ने नाराका साथ सुजल फुड्स प्रालिले चोकोफनको नयाँ विज्ञापन अभियान सुरु गरेको छ । कम्पनीका अनुसार चोकोफन देशकै पहिलो र ओरिजनल चकलेट वेफर हो, जसको मिठो स्वाद हरेक बालबालिकाका मनमनमा बसेको छ ।
विज्ञापन अभियानमार्फत् बालबालिकाको हरेक रमाइला पललाई वान्ली चोकोफनका साथले मात्र पूर्णता मिल्दछ भन्ने सन्देश दिएको छ । बालबालिकाले विज्ञापनलाई आफ्नो वास्तविक बाल्यकालसँग चित्रण गर्नेछन् ।
नयाँ विज्ञापनले सम्पूर्ण ग्राहकको मन जित्न सफल हुनुका साथै सम्पूर्ण बालबालिकाको जीवनमा चोकोफन अभिन्न अंगका रूपमा स्थापित हुने र उनीहरूको चोकोफनप्रतिको माया र प्रेम निरन्तर रहिरहनेमा कम्पनी विश्वस्त रहेको छ ।






