संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयद्वारा १७ अधिकृतको सरुवा, को कहाँ?

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 3 mins

काठमाडौं । १७ जना शाखा अधिकृतको सरुवा भएको छ। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले विभिन्न निकायमा कार्यरत अधिकृतहरूको सरुवा गरेको हो।

चिचिला गाउँपालिकाकी प्रखुख प्रशासकीय अधिकृत शुक्रादेवी राईलाई जिल्ला समन्वय समिति संखुवासभा,  पाथिभरा याङवरक गाउँपालिका ताप्लेजुङमा कार्यरत जनार्दन निरौलालाई बाह्रदशी गाउँपालिका झापा, कल्याणपुर नगरपालिका सिरहामा कार्यरत विष्णुरञ्जन बराललाई मिर्चैया नगरपालिका सिरहा पढाइएको छ।

जानकी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नारायण बहादुर विष्टलाई टिकापुर नगरपालिका पठाइएको छ। मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय वा अन्तर्गत गण्डकी प्रदेशमा कार्यरत बेदहरि अधिकारीलाई घरपझोङ गाउँपालिका मुस्ताङ सरुवा गरिएको छ।

महाकुलुङ गाउँपालिका सोलुखुम्बुमा कार्यरत पदम बहादुर बस्नेतलाई गोलन्जोर गाउँपालिका सिन्धुली, फिङ्कल गाउँपालिका सिन्धुलीमा कार्यरत राजेन्द्र कार्कीलाई मकवानपुरगढी गाउँपालिका मकवानपुर, गृह मन्त्रालय अन्तर्गत कार्यरत भरत सापकोटालाई जिल्ला समन्वय समिति काभ्रेपलान्चोक सरुवा गरिएको छ।

ADVERTISEMENT

बेलडाडी गाउँपालिकामा कार्यरत पदमराज जोशीलाई जिल्ला समन्वय समिति कञ्चनपुर खटाइएको छ। उदयपुरगढी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रमेश राईको गृहमन्त्रालय अन्तरगत सरुवा भएको छ। भूमि व्यवस्था सहकारी तथा गरिवी निवारण मन्त्रालयमा कार्यरत चित्र प्रसाद गुरागाईको उदयपुरगढी गाउँपालिकामा सरुवा गरिएको मन्त्रालयले जनाएको छ।

छत्रदेव गाउँपालिकामा कार्यरत भेषराज पन्तको मायादेवी गाउँपालिका रुपन्देही र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा कार्यरत भेषराज घिमिरेको छत्रदेव गाउँपालिका अर्घाखाचीमा सरुवा गरिएको छ।

नेचासल्यान गाउँपालिका सोलुखुम्बुमा कार्यरत लबुन राईको जिल्ला समन्वय समिति खोलुखुम्बु, मनहरी गाउँपालिका मकवानपुरका मोहन कुमार श्रेष्ठको सुनकोशी गाउँपालिका सिन्धुपाल्चोक र मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा कार्यरत रमेश सुवेदीको मनहरी गाउँपालिका मकवानपुरमा सरुवा गरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *