राष्ट्रिय सभा अध्यक्ष तिमिल्सना समवेदना दिन नेम्वाङ निवासमा

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 2 mins

काठमाडौं । राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले संविधान सभा अध्यक्ष स्वर्गिय सुवासचन्द्र नेम्वाङको परिवारलाई निवासमै पुगेर समवेदना व्यक्त गर्नुभएको छ। अध्यक्ष तिमिल्सिना आइतबार बिहान बालुवाटारस्थित नेम्वाङ निवासमा पुगेर समवेदना व्यक्त गर्नुभएको हो ।

अध्यक्ष तिमिल्सनाले परिवारका सदस्यहरुलाई राष्ट्रिय सभाका तर्फबाट समवेदना पत्र हस्तान्तरण समेत गर्नुभयो। संविधानसभा अध्यक्ष एवं पूर्वसभामुख नेम्वाङको गत मंगलबार हृदयघातबाट निधन भएको थियो ।

ADVERTISEMENT

अध्यक्ष तिमिल्सनाले हस्तान्तरण गरेको समवेदनापत्रमा नेपालको शान्तिप्रक्रिया र संविधानसभाबाट नेपालको संविधान जारी गराउन उहाँको महत्वपूर्ण भूमिकाको स्मरण गर्दै उहाँको निधनले नेपालको संसदले एक अनुभवी,  असल र लोकप्रिय संसद एवं संसदको पूर्व नेता गुमाएको र राष्ट्रले एक सिद्धान्त निष्ठ देशभक्त इमान्दार नेता गुमाएको उल्लेख गर्नुभएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *