काठमाडौं । मकवानपुरकाे हेटौंडामा रहेकाे सन्चो अस्पतालमा कार्यरत विशेषज्ञ चिकित्सक द्वय डा. विकास थापा र डा. प्रशान्त विडारी ड्युटीमा रहेको अवस्थामा सांघातिक आक्रमण गरी गम्भिर घाईते बनाएको घटना बिरुद्ध आज नेपाल चिकित्सक संघले आइतबार देशभरका सबै सरकारी स्वास्थ्य संस्था, अस्पताल, मेडिकल कलेज, निजी अस्पताल तथा क्लिनिकहरुमा आकस्मिक बाहेकका सम्पूर्ण स्वास्थ्य सेवाहरु पूर्णरुपमा बन्द गरेका छन् ।
आकस्मिक बाहेकका सम्पूर्ण स्वास्थ्य सेवाहरु पूर्णरुपमा बन्द भएपछि बिरामीकाे बिचल्ली भएकाे छ ।
चिकित्सककाे आन्दाेलनका कारण सामान्य ओपिडि लगाएतमा उपचार गर्न आउने बिरामीहरु बिचल्लीमा परेका छन् । काठमाडौंको वीर अस्पताल लगाएत अन्य अस्पतालमा पनि बिरामीहरु बिचल्ली परेका छन् ।
डेङ्गु सङ्क्रमणका कारण एक महिनाअघि मृत्यु भएका हेटौँडा-१२ का ४१ वर्षीय राजेश प्रधानको उपचारमा लापरबाही भएको भन्दै उनका आफन्तसहितका केही युवाको समूहले बुधबार चिकित्सकमाथि अस्पतालभित्रै प्रवेश गरेर कुटपिट गरेका थिए ।







This is breaking news.
Video News Post
Breaking News with Advertisements
Breaking news with related posts