रास्वपाका सांसदले संसद्कै गौरव बढाएका छन् : लामिछाने

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 3 mins

गोरखा । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफ्ना पार्टीका सांसदले संसद्को गौरव बढाएको दाबी गर्नुभएको छ । शनिबार गोरखा सदरमुकाममा भएको सभालाई सम्बोधन गर्दै लामिछानेले बेथिति र विसंगतिविरुद्ध संसद्मा क्षमतावान् सांसद गर्जिरहेको बताउनुभायो । ‘नेपालको संसद्को गौरव कसैले बढाएको छ भने राष्ट्रिय स्वतन्त्र पार्टीबाट विजयी बनेकाहरूले बढाएका छन्, २१ जना सांसद टाउकोधारी मात्र होइनन् देशलाई माया गर्ने मान्छे हुन् । विषय विज्ञता छ, के बोल्ने के नबोल्ने थाहा छ, के भन्ने के नभन्ने थाहा छ,’ उहाँले भन्नुभयो,‘बेथिति विसंगतिविरुद्ध क्षमतावान् र योग्य सांसद गर्जिरहेका छन्, यो संख्या बढाउनुपर्छ अब ।’

ADVERTISEMENT

यस्तै, पछिल्लो समय युवाशक्ति विदेशिने क्रम बढेको भन्दै नेता लामिछानेले चिन्ता व्यक्त गर्नुभएको थियो । ‘त्रिभुवन विमानस्थलबाट देश छाड्नेको लर्को लागेको छ, यो दृश्य देख्दा लाग्छ मानौँ युद्धभय रहेको छ, युद्धग्रस्त देशबाट कतिखेर भागौँ भनेर जसरी लाइनबद्ध भएर तँछाडमछाड गरिरहेका छन् । हो हाम्रो अन्तर्राष्ट्रिय विमानस्थलको दृश्य त्यस्तै छ,’ उहाँले भन्नुभयो, ‘न यो देशमा युद्ध भइरहेको छ तर पनि मान्छेहरू भागेको दृश्य त्यस्तो छ, २०८४ सम्म कति मतदातालाई पठाउनुपर्ने होला ।’ आफ्नो पार्टीले सुरुवाती दिनदेखि नै विदेशमा रहेका नेपालीहरूको पनि मताधिकार सुरक्षित हुनुपर्छ भनेर आवाज उठाएको भन्दै उहाँले उक्त आवाज संसद्मा विधेयकको रूपमा आउँदै गरेको बताउनुभयो । यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टीका नेतालाई तारो बनाएर भ्रम सिर्जना गर्न केही मान्छेहरू लागिपरेको उहाँको आरोप थियो । सभालाई राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद स्वर्णीम वाग्ले र तोसिमा कार्कीले पनि सम्बोधन गर्नुभएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?