काठमाडौं । यही असोज १ गते मनाइने तीज तथा असोज ३ गते मनाइने संविधान दिवसको अवसरमा नेपाल टेलिकमले चाडपर्व अफर ल्याएको छ । अफरअन्तर्गत सहुलियतदरका डाटा र भ्वाइससहितको प्याकका साथै रिचार्ज अन बोनस उपलब्ध हुनेछ । असोज ६ गतेसम्म रहने अफरमा ४९ रुपैयाँमा एक दिन प्रयोग गर्न सकिने एक एमबिपिएस अनलिमिटेड डाटा साथमा सय मिनेट भ्वाइस कल सुविधा उपलब्ध हुनेछ । त्यस्तै, ९८ रुपैयाँमा तीन दिनसम्म प्रयोग गर्न सकिने छ जिबी डाटा र एक सय ९९ रुपैयाँमा सात दिनसम्म प्रयोग गर्न सकिने १३ जिबी डाटा प्याक, दुई सय ९४ रुपैयाँमा १० दिनसम्म प्रयोग गर्न सकिने २० जिबी डाटा प्याक, तीन सय ९९ मा १५ दिनसम्म प्रयोग गर्न सकिने ३० जिबी डाटा प्याक उपलब्ध हुनेछ ।
अफरअन्तर्गत सात सय ८९ रुपैयाँमा फेस्टिभ कम्बो प्याक पनि लिन सकिनेछ । प्रिपेड मोबाइल प्रयोगकर्ताका लागि २८ दिन र पोस्टपेडका लागि ३० दिनसम्म चलाउन सकिने प्याकेजमा ३० जिबी डाटा, सबै नेटवर्कमा कल गर्न सकिने छ सय मिनेट अल नेट भ्वाइस सुविधा र दुई सय अल नेट एसएमएस सुविधा उपलब्ध हुनेछ । पोस्टपेड प्रयोगकर्ताले यो प्याकेज लिएमा मासिक रूपमा बुझाउनुपर्ने रेन्टल चार्जबाटै शुल्क काटिने सुविधा उपलब्ध रहेको छ ।
एमपोस र फिजिकल रिचार्ज कार्डबाट रिचार्ज गर्दासमेत बोनस अन रिचार्जका रूपमा डाटा प्याकेज उपलब्ध हुनेछ । यसअनुसार दुई सयदेखि चार सय ९९ रुपैयाँसम्मको रिचार्जमा दुई दिन प्रतिदिन एक जिबीका दरले चलाउन सकिने गरी दुई जिबी डाटा र पाँच सय र सोभन्दा बढी रकमको रिचार्जमा प्रतिदिन दुई जिबीका दरले चार दिन चलाउन सकिने आठ जिबी डाटा उपलब्ध हुने कम्पनीका प्रवक्ता शोभन अधिकारीद्वारा जारी प्रेस विज्ञप्तिमा उल्लेख छ ।







This is breaking news.
Video News Post
Breaking News with Advertisements
Breaking news with related posts