सेन्ट जर्जमा बाल दिवस

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 1 min

काठमाडौं । बालबालिकामा लगानी, सुरक्षित भविष्यको थालनी भन्ने नाराका साथ हाँडीगाउँस्थित सेन्ट जर्ज स्कुलले विभिन्न कार्यक्रम गरी राष्ट्रिय बाल दिवस मनाएको छ । विद्यालयका प्रधानाध्यापक मेघराज बजगाईंले २१औँ शताब्दीमा बालबालिका निकै नै सक्षम र सीपमा प्रखर हुनुपर्ने बताउनुभयो ।

ADVERTISEMENT

विद्यालयले बालबालिकालाई ‘गर र सिक’ भन्ने मूल मन्त्रसाथ हरेक क्रियाकलापमा सरिक गराउने गरेको र बालबालिकालाई आफ्ना अभिभावक, गुरुवर्ग र मान्यजन सबैलाई आदर गर्न, सानालाई माया गर्न, समाजसेवामा लाग्न प्रेरणा दिने गरेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष प्रल्हाद दाहालले बताउनुभयो । सो अवसरमा बालबालिकाले सांगीतिक प्रस्तुति पनि गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *