मौलिकता हराएको तीज

अबि बिष्ट
Read Time = 7 mins

तीजका पुराना मौलिक भाकाहरु पछिल्लो समय हराउन थालेका छन् । समयको परिवर्तनसँगै गाउँघरमा पुराना तीजका भाकामा गाउने रनाच्ने चलन हट्दै गएको छ । महिलाहरूल घर–माइत गर्दाका बखत दुःख सुखका कुरालाई संगालेर तीजका बेलामा नाच्ने गाउने गर्थे । हरितालिका तीज अर्थात हिन्दू महिलाहरुको महान चाड । देशभरिका शिव मन्दिरहरुमा महिलाहरुका बिहानैदेखि बाक्लो उपस्थिति हुन्छ।

हिन्दू महिला दीर्घायुको कामना गर्दै निराहार व्रत बस्ने गर्छन् । विवाहित महिलाहरु आफ्ना पतिको लामो आयुको कामना गर्दै व्रत बस्ने गर्छन् भने अनि अविवाहित युवतीहरु योग्य पतिको कामना गर्दै त्यसैले तीजलाई महिलाहरुले प्रेमको पर्वका रुपमा समेत मनाउने गर्छन् ।

परम्परागत रुपमा मनाइँदै आइएको ‘हरितालिका तीज’ को शुरुवात प्रेमकै कारण भएको पाइन्छ । यस पर्वले शिव र पार्वतीकोमायालाई प्रतिबिम्बित गर्छ । तीजको व्रत बसेकै कारण पार्वतीले शिवजीलाई आफ्ना पतिका रुपमा पाएकी हुन् भन्ने हिन्दूधर्मावलम्बीहरुको पुर्ण विश्वास छ ।

हिमालय पर्वतकी सुपुत्री पार्वतीले मनमनै शिवजीलाई आफ्नो पति मानेता पनि उनका पिताले उनको विवाह विष्णुसँग तय गरिदिएका थिए । त्यसैले पार्वतीका सखीहरुले उनलाई कसैले नदेख्ने ठाउँमा लुकाएर राख्ने क्रममा सोही ठाउँमा पार्वतीले निर्जला व्रत बसेरमहादेवलाई आफ्ना पतिका रुपमा प्राप्त गरेकाले यस दिनलाई हरितालिका तीजका रुपमा मनाइएको हो भनेर स्कन्द पुराणमा उल्लेखगरिएको छ ।

नेपालमा हरेक वर्ष भाद्र शुक्ल द्वितीयको दिन बेलुका विभिन्न प्रकारका मिष्टान्न भोजन ‘दर’ खाएर भोलिपल्ट अर्थात् तृतीयाका दिननिराहार, निर्जल व्रत बसेर यो पर्व मनाउने चलन छ । पानी समेत नखाई आफ्नो स्वास्थ्यलाई असर पु¥याएर व्रत बस्नु ठीक होइन भन्नेमानसिकताको विकास भएसँगै महिलाहरुले पानी र फलफूल खाएर व्रत बस्ने गरेका छन् । परम्परागत रुपमा मनाईने तीजमा धेरैपरिवर्तन आएको पाईन्छ । आधुनिक सभ्यताको विकास सँगै व्रत बस्ने प्रक्रियामा परिवर्तन आइरहेको छ । व्रत प्रक्रियामा मात्रै नभएरआजभोलि तिज नै परिवर्तन छ । तीजको बहानामा खर्च धेरै गर्ने, खर्चिलो र भड्किलो चाड बन्दै गएको छ ।

सहरी क्षेत्रमा अझ तीजका नाउमा गरिने खर्चले तीजलाई भड्किलो बनाउँदै र विसङ्गति पैदा गर्दै गएको छ । तीजमा महिलाहरु महिनादिन अघिबाट नै आयोजना, भोज गरेर दर खाने कार्यक्रमले झन सामाजिक परम्परालाई मेटाउँदै गएको छ । आधुनिकताका नाममाफैलिएको विकृतिलाई रोक्न हामि आफै सचेत रहनुपर्ने देखिन्छ । सहरी जीवनशैलीले तीज पर्वलाई अझबढी पेचिलो पार्दै आएको छ । त्यो तीज जहाँ पारिवारिक जमघट भएर सुखदुस्ख साटासाट गर्दै तीजका भाका गाएर छमछमि नाँचिन्थ्यो । तर अहिलेको समयमा ती सबैसंस्कृति हराउँदै गएका छन । अहिले दरखाने निहुँमा पार्टी, प्यालेस, होटलमा महिला जम्मा भई महँगा लत्ताकपडा, गरगहनामा सजिएरप्रतिस्पर्धा गर्नेहरुको लहर पनि देखिन्छ ।

पछिल्लो समय हरितालिका तीज नेपाल लगायत भारतका बिभिन्न स्थानहरूमा धुमधामसंग मनाउने गरिन्छ । संसारका बिभिन्न देशमारहेका नेपाली र भारतीय समुदायले तीज पर्व मनाएको पाइन्छ । तीज पर्व सामान्य हर्षोल्लासका निमित्त मनाउने चाड मात्र नभएर यसकोआफ्नै सामाजिक, सांस्कृतिक, आध्यात्मिक एवं तात्विक महत्व रहेको छ ।

नेपाली हिन्दू महिलाले मनाउने धार्मिक एवं सांस्कृतिकमहत्त्व बोकेको पर्व हरितालिका तीज नजिकिँदै गर्दा गाउँ, सहर, गल्ली चोक, घरघरमा यस्तै गीतहरु गुञ्जन्थे र ती गीतले महिलाले सासुससुरा र श्रीमानको खटनले मन लागेको बेलामा माइत जान नपाएका, माइतीबाट बुबा, दाजुभाइ लिन नआएका पीडा अभिव्यक्तगरेका हुन्थे तर, अब त्यो अवस्था रहेन ।

बदलिदोँ नेपाली नारीहरुको महान चाड तीजको ऐतिहासिक मौलिकपन पछिल्लो समयमा दिन प्रतिदिन खस्किँदै जान थालेको छ ।पछिल्लो समय तीज पर्व मनाउने शैलीमा तडकभडक र विकृति बढ्दै गएको गुनासो मात्रै होईन बिकृति व्यापक बन्दै जान थालेको छ ।

परम्परादेखि नेपाली नारीले तीज पर्वलाई रमाइलो गरी मनाउँदै आएकाले यो पर्व नेपाली दिदीबहिनीको लागि महत्त्वपूर्ण मानिन्छ । तरपछिल्लो समय यो पर्व महङ्गो हुँदै गएको छ । देखासिकी र महँगो गरगहना हरुले तीजलाई खर्चिलो पर्वका रुपमा चिनाउँदै गएको छ ।

आजभोलि तीजमा राम्रो देखिन महिला फजुल खर्च गरेर पश्चिमी संस्कृतितिर आकर्षित भइरहेका छन् । जसको कारण नेपाली मौलिकता र पहिचान नै हराउने अवस्थामा पुगेको छ । धार्मिक आस्था र सामाजिक सद्भाव झल्कनुपर्ने तीज पर्वलाई हुँदा खाने र हुनेखाने वर्गको वर्गीय पहिचान हुने चाँड बनाइदै लगिएको अवस्था छ । सामाजिक परम्परा र धार्मिक साँस्कृतिक महत्त्व बोकेको तीजपर्वलाई जगेर्ना गर्नु जरुरी छ ।

-शुसि बस्नेत, दाङ

यो सामाग्री हाम्रा पाठकले पोस्ट गर्नु भएको हो । यसमा हामीले शुद्धाशुद्धी तथा भाषागत त्रुटीलाई हेरेका छैनौं । यसबाट पर्न गएको असुविधाप्रति क्षमा गर्नुहोला । – सम्पादक

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 खुसी खुसी
0 अचम्मित अचम्मित
0 दुःखी दुःखी
0 उत्साहित उत्साहित
0 आक्रोशित आक्रोशित

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनुभयो कि ?