काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य फेरि बढाएको छ । शुक्रबार राति १२ बजेबाट लागू हुने गरी निगमले पेट्रोलको मूल्य प्रतिलिटर १ रुपैयाँ र डिजेल र मट्टितेलको रु ३ रुपैयाँ मूल्य बृद्धि गरेको हो ।
स्वचालित मूल्य प्रणालीअनुसार, निगमले भारतबाट प्राप्त गरेको पेट्रोलियम पदार्थको मूल्यका आधारमा बढाएको हो । यसअनुसार अब काठमाडौं, पोखरा र दिपायलमा पेट्रोलको मूल्य एक लिटरको १८३ रुपैयाँ पर्नेछ ।
चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, नेपालगञ्ज, धनगढी र वीरगञ्जमा १८० रुपैयाँ ५० पैसा र सुर्खेत र दाङ क्षेत्रमा १८२ रुपैयाँ पर्नेछ ।







देशका अधिकांश जिल्लामा वर्षा, सतर्कता