काठमाडौं । लोकप्रिय नेपाली चाउचाउ कम्पनी यशोदा फुड्सले आफ्नो ब्राण्ड एम्बेसडरको घोषणा गरेको छ । यशोदा फुड्सले आफ्नो लोकप्रिय उत्पादन करेन्ट नुडल्स तथा स्न्याक्सका लागि ब्राण्ड एम्बेसडर चयन गरेको हो । कम्पनीले काठमाडौंमा एक कार्यक्रमबीच नेपाली चलचित्र जगत्की चिरपरिचित अभिनेत्री केकी अधिकारीलाई ब्राण्ड एम्बेसडर नियुक्त गरेको छ । यशोदा फुड्स प्रालिले सन् २०१७ मे महिनादेखि उद्योग सञ्चालनमा ल्याएको हो । सुरुवाती दिनमा लाली र करेन्ट ब्राण्डअन्तर्गत तयारी चाउचाउ उत्पादन गर्ने सोचका साथ रूपन्देहीको तिलोत्तमाबाट उत्पादन सुरु गरेको थियो । हाल कम्पनीले विभिन्न ब्राण्डका चाउचाउ तथा स्न्याक्स उत्पादन गरी नेपाल तथा विश्वका विभिन्न मुलुकमा निर्यात गर्दै आएको छ ।
सुपर प्रिमियम सेगमेन्टअन्तर्गत कम्पनीले करेन्ट हट एण्ड स्पाइसी, करेन्ट २× स्पाइसी, करेन्ट हट एण्ड लेमन स्पाइसी नुडल्स, करेन्ट चिज एण्ड बटर, करेन्ट मसरुम तथा करेन्ट कप नुडल्स उत्पादन गर्दै आएको छ भने प्रिमियम सेगमेन्टअन्तर्गत करेन्ट, लालीलगायतका चाउचाउ रहेका छन् ।
प्रिमियम स्न्याक्स सेगमेन्टअन्तर्गत करेन्ट चिजवल, करेन्ट हट एण्ड स्पाइसी स्टिक्स, करेन्ट पोटेटो क्र्याकर, करेन्ट पोटेटो स्टिक्स, करेन्ट अचारी स्टिक्स, करेन्ट हट एण्ड लेमन स्टिक्स, करेन्ट ओनियन रिङ, करेन्ट मखनालगायतका स्न्याक्स उत्पादन गरी विदेशसमेत निर्यात गर्दै आएको छ । चाउचाउ र स्न्याक्स भारत, जापान, भुटान, दुवई, अस्ट्रेलिया, युरोप, युके, अमेरिका, क्यानडा, मलेसिया, सिंगापुरलगायतका देशमा निर्यात हुने गरेको छ । करेन्ट हट एण्ड स्पाइसी नुडल्स नेपालमा सर्वाधिक रुचाइएको चाउचाउअन्तर्गत पर्छ ।







This is breaking news.
Video News Post
Breaking News with Advertisements
Breaking news with related posts