काठमाडौं । न्याय परिषद्ले उच्च अदालतको न्यायाधीशका लागि २७ जनाको नाम सिफारिस गरेको छ।
प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठको अध्यक्षमा शुक्रबार बसेको परिषद्को बैठकले २७ जनाको नाम उच्च अदालतको न्यायाधीशका लागि सिफारिस गरेको हो।
परिषद्ले न्याय सेवा, कानुन सेवा र सरकारी वकिल, जिल्ला न्यायाधीश र कानुन व्यवसायी मध्येबाट २७ जनाको नाम उच्च अदालतका न्यायाधीशका लागि सिफारिस गरेको हो।
सिफारिसका आधारमा प्रधानन्यायाधीशले नियुक्तिपत्र दिएपछि उनीहरु न्यायाधीश हुनेछन् ।
हेर्नुहोस् सिफारिसमा परेकाहरुको सूची








Breaking news with related posts