नारा मात्रै फेरेर होला बालबालिकाको अधिकार सुनिश्चित ?

निरोज कोइराला भोजपुर, संवाददाता
निरोज कोइराला भोजपुर, संवाददाता
Read Time = 6 mins

आज ५९औँ राष्ट्रिय बाल दिवस विभिन्न कार्यक्रमको आयोजना गरी मनाइँदैछ । यो वर्षको दिवसको नारा ‘बालबालिकामा लगानीः सुनिश्चित भविष्यको थालनी’ भन्ने तय गरिएको छ । झट्ट हेर्दा नारा राम्रो देखिन्छ । तर बर्षेनीरुपमा नारा मात्र फेरिन्छन् । यो बर्ष आएको नाराको कुरा कति पुरा भए, कति कार्यान्वयन भयो, पुरा गर्न क-कसले भुमिका निर्वाह गरे त्यतातर्फ कसैका पनि ध्यान जाँदैन बरु अर्को बर्षको बाल दिवसमा फेरि के नारा राख्ने चर्चा सुरु हुन्छ ।

हरेक बर्ष बाल दिवस मनाइन्छ तर पनि बालबालिकाको अवस्थामा खासै सुधार भने हुन सकेको छैन । देशका विभिन्न स्थानमा बाल श्रम शोषण हुने, बालबालिकाको बेचविखन तथा विद्यालय जान नपाउने बालबालिकाको संख्या पनि अझै धेरै देखिएको अवस्था छ । नेपालले बालअधिकार सम्बन्धी महासन्धी १९८९ लाई १४ सेप्टेम्बर १९९० मा अनुमोदन गरेर बालबालिकाको विकास, बालअधिकारको संरक्षण र बालसहभागिता जस्ता विषयमा आफ्नो अन्तर्राष्ट्रिय प्रतिवद्धता प्रकट गरेको दिनकै अवसरमा नेपालले हरेक वर्ष भदौ २९ लाई राष्ट्रिय बाल दिवसका रुपमा मनाउन थालेको हो ।

नेपालको संबिधानमा समेत बालबालिकाहरुको अधिकार सुनिश्चित गरिएको छ । आफ्नो पहिचान सहित नामाकरण र जन्मदर्ताको हक, परिवार तथा राज्यबाट शिक्षा , स्वास्थ्य, पालन पोषणको हक उचित स्याहार, खेलकुद मनोरञ्जन तथा सर्वांगीण व्यक्तित्व विकासको हक, प्रारम्भिक बाल विकास तथा बाल सहभागिताको हक, कलकारखाना, खानी वा अन्य जोखिमपूर्ण काममा लगाउन नपाईने, बाल विवाह, गैरकानुनी ओसार पसार र अपहरण गर्न वा बन्धक राख्न नपाईने, सेना, प्रहरी वा सशस्त्र समुहमा भर्ना गर्न, सांस्कुतिक वा धार्मिक प्रचलनका नाममा कुनै पनि माध्याम वा प्रकारले दुव्र्यव्हार, उपेक्षा वा शारीरिक, मानसिक, यौनजन्य वा अन्य कुनै प्रकारको शोषण गर्न वा अनुचित प्रयोग गर्न नपाईने, घर, विद्यालय वा जुनसुकै स्थान वा अवस्थामा शारीरिक मानसिक वा अन्य कुनै किसिमको यातना दिन नपाइने, बाल अनुृकुल न्यायको हक जस्ता अधिकारहरु बालबालिकाहरुले पाएका छन ।

यी पाएका अधिकारहरु बालबालिकाले पूर्णरुपमा प्रत्याभुत गरेका छन त ? यसको खोजी नीति कसले गरि रहेको छ । दिवसका दिनमा राम्रा राम्रा शब्दमा शुभकामना दिने गरिन्छ अरु समयमा बालबालिका तर्फ खासै ध्यान दिइदैन । सरकारी स्तरमा संचालित सामुदायिक बिद्यालयहरु क्रमिकरुपमा बन्द हुने अवस्थामा पुग्दै गएका छन् भने निजी विद्यालयहरुमा बालबालिकाहरुको आर्कषण बढ्दै गएको छ । सहज र सरलरुपमा शिक्षा दिन खोलिएका सामुदायिक बिद्यालयहरु किन खच्कदै गएका छन त, यसको जवाफ कुन निकायले दिने हो । निजी बिद्यालयमा आर्कषण बढनु र सरकारी बिद्यालयमा घटनुको कारण सरकारी निकायले पत्ता लगाएकै होला तर सुधारका लागि के गरिदैछ । सरकारले बालबालिकामा लगानी गरेको छ भनेर मात्र हुन्छ सुधारका लागि कदम चाल्नु पर्दैन ?

ADVERTISEMENT

करोडौ रकम लगानी गरेको सरकारले सामुदायिक बिद्यालयहरुको गुणस्तर किन सुधार गर्न सकेको छैन । निजी बिद्यालयमा शैक्षिक गुणस्तर राम्रो भन्दै महगो शुल्क तिरेर पनि अभिभावकहरुले आफना छोराछोरी लाई पढाउन लगि रहेका छन । निजीका तुलतामा राम्रो सेवा सुबिधा लिएर काम गरि रहेका सामुदायिक बिद्यालयका शिक्षकहरु के पढाउन जान्दैनन त ? किन खच्किदैछ गुणस्तर यस तर्फ सरकारको बिशेष ध्यान जान जरुरी छ । संविधानले बालबालिकाको हकलाई मौलिक हकको रूपमा सुनिश्चित गरेको र संविधानले गरेको मार्ग दर्शन बमोजिम बालबालिका सम्बन्धी ऐन, २०७५ र बालबालिका नियमावली, २०७८ पनि जारी भई कार्यान्वयनको अवस्थामा रहेकोले तीनै तहका सरकारले त्यसको कार्यान्वयमा बिशेष जोड दिनु पर्छ ।

अन्त्यमा बालदिवसको अवसरमा सम्पूर्ण बालबालिकाहरुमा शुभकामना ।

  • लेखक बिगत २३ बर्षदेखि पत्रकारिता क्षेत्रमा सक्रिय हुनुहुन्छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *