काठमाडौं । कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजको मूल्य सूची सार्वजनिक गरेको छ ।
जसअनुसार भारतीय ठूलो गोलभेडा प्रतिकेजी न्यूनतम मूल्य ४०, टनेल गोलभेडा सानो ८०, लोकल गोलभेडा सानो ५०, घिउ सिमी लोकल ५०, काउली स्थानिय प्रतिकेजी १००, आलु रातो ५६, मुडे आलु रातो ५०, भारतीय आलु रातो ३५, लौका ३०, हरियो फर्सी ४०, घिरौला ४० रुपैया कायम भइ कारोबार भइरहेको छ ।
त्यसैगरी डल्लेच्याउ प्रतिकेजी ४०० रुपैयाँ ,बन्दा लोकल ६०, गाजर १३०, मूला सेतो ९०, रातो मूला ८०, भन्टा डल्लो ६०, भन्टा लाम्चो ५०, मकै बोडी ८०, टाटे सिमी ८०, तितो करेला ८०, ब्रोकाउली ३००, कागती १८०, भिण्डी ४०, न्यूरो ९० रुपैयाँ, रातो बन्दा प्रतिकेजी २०० रुपैयाँ ,लोकल काक्रो १२०,अदुवा प्रतिकेजी १६० रुपैयाँ रहेको समितिले जनाएको छ ।
समितिका अनुसार कुरीलो प्रतिकेजी ४५०, केरा दर्जन १५०,अनार ३२०, नासपाती ७०, आभोकाडो २००, कालो अंगुर ४५०, किवि ४००, हरियो खुर्सानी अकबरे २०० रुपैयाँ तथा रहु माछा ३८०, छडी माछा २४०, बचुवा माछा २८० रुपैयाँ कायम भइ खरिद बिक्री भइरहेको समितिले जनाएको छ ।
यस्तै लप्सी प्रतिकेजी ६०, हरियो धनिया ८०, खुर्सानी सुकेको ४५०, नेपाली सुकेको लसुन २५०, चाइनिज लसुन २२०, परवर ५०, गुन्दुक २५०, भारतीय प्याँज सुकेको ६५, लसुन हरियो ३००, छ्यापी सुकेको २००, भेडे खु्र्सानी ८०, शरीफा २००, फूजी स्याँउ ३२०, अम्बा १००, मौसम १५०, जुनार ३२०, अमला १३०, तोफु ११०, पिंडालू ६०, तामा ९०, चुकुन्दर ८०, निबुवा ६०, कन्य च्याँउ १८०, तने बोडी प्रतिकेजी ५० रूपैयाँमा कारोबार भइरहेको छ ।







This is breaking news.
Video News Post
Breaking News with Advertisements
Breaking news with related posts