मस्को । उत्तर कोरियाका तानाशाह किम जोङ उन आफ्नो सुरक्षाका कारण प्रायः चर्चामा रहन्छन् । अहिले उनी रुसमा छन्, जहाँ उनको सुरक्षाको विशेष ध्यानाकर्षण भइरहेको छ । रुसका राष्ट्रपति भ्लादिमिर पुटिनलाई भेट्न उनी विशेष बुलेट प्रुफ ट्रेनबाट रुस पुगेका थिए ।
यसैबीच सामाजिक सञ्जालमा एउटा भिडियो निकै भाइरल भइरहेको छ, जसले किम जोङ आफ्नो सुरक्षालाई लिएर कत्तिको चिन्तित छन् र मित्रताको दाबी गर्ने रुसको सुरक्षा प्रणालीमा उनलाई कति विश्वास छ ? भन्ने प्रमाण बाहिरिएको छ ।
वास्तवमा पुटिनसँगको बैठक अघि किमका सुरक्षा अधिकारीहरूले उनको कुर्सीको राम्रोसँग निरीक्षण गरे। कुर्सीलाई राम्ररी सेनिटाइज गरिरहेको एउटा भिडियो भाइरल भइरहेको छ । कोमर्सेंट पत्रिकाको रिपोर्ट अनुसार उनको कुर्सी पनि विकिरण वा कुनै प्रकारको खतरा छैन भनेर सुनिश्चित गर्न स्क्यान गरिएको थियो।
भिडियोमा सेतो पन्जा लगाएका उत्तर कोरियाली सुरक्षा अधिकारी किम जोङको कालो कुर्सी पुछ्दै र त्यसमा अज्ञात पदार्थ छर्किरहेको देख्न सकिन्छ। साथै, क्रेमलिनका एक कर्मचारीले पनि उत्तर कोरियाली सुरक्षा अधिकारीलाई सहयोग गरेको देखिन्छ। भिडियोमा एक व्यक्ति मेटल डिटेक्टरले कुर्सी स्क्यान गरिरहेको पनि देख्न सकिन्छ ।
समाचार अनुसार किमको तौललाई ध्यानमा राखेर कुर्सीको क्षमता पनि जाँच गरिएको थियो । वास्तवमा, उत्तर कोरियाली नेताको वजन १४० किलोग्राम छ। यस्तो अवस्थामा उनीहरु बस्नका लागि कुर्सीको विशेष ख्याल राखिएको हुन्छ ।
सो अनुसन्धान पूरा भएपछि तुरुन्तै पुटिन र किमबीच भेटवार्ता भएको थियो, जहाँ दुई नेताबीच सैन्य सहयोगका सम्भावनाहरूबारे छलफल भएको थियो। यसै क्रममा रुसले उत्तर कोरियालाई स्याटेलाइट बनाउन सहयोग गर्ने संकेत गरेको छ ।
साथै, सो द्धिपक्षिय बैठकमा किम जोङ युक्रेन युद्धमा रुसलाई समर्थन गरेको देखिएका छन । उत्तर कोरियाली तानाशाह किम जोङ उनले भने, ‘रुस आफ्नो सार्वभौमिकता र सुरक्षाको लागि युद्ध लडिरहेको छ। हामी राष्ट्रपति पुटिन र रुसलाई सधैं समर्थन गर्नेछौं।’







Breaking news with related posts