काठमाडौं । प्रतिनिधि सभाको बैठक आज शुक्रबार बस्दैछ ।दिउँसो १ बजे बस्ने बैठकमा विभिन्न कार्यसूचीहरु पेश हुनेछन् ।
आजको सम्भावित कार्यसूचीअन्तर्गत सभामुख देवराज घिमिरेले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त कार्यभार तोकिएको सम्बन्धी पत्रको व्यहोरा पढेर सुनाउनु हुनेछ ।
त्यस्तै, सभामुखले नेपालको संविधानको धारा ८९ को खण्ड (च) बमोजिम प्रतिनिधि सभा सदस्यको स्थान एक रिक्त रहेको व्यहोरा प्रतिनिधि सभा नियमावली, २०७९ को नियम २१५ को (१) बमोजिम जानकारी गराउनु हुनेछ ।
कानून, न्याय तथा संसदीय मामिला मन्त्री धनराज गुरुङ्गले ‘केही नेपाल ऐन संशोधन गर्न बनेको विधेयक, २०८० लाई दफावार छलफलको लागि सम्बन्धित समितिमा पठाइयोस्’ भनी प्रस्ताव प्रस्तुत गर्नुहुने संघीय संसद सचिवालयका महासचिव डा. भरतराज गौतमले बताउनुभयो ।







देशका अधिकांश जिल्लामा वर्षा, सतर्कता