दोस्रो हिमालयन इन्टरनेसनल एक्स्पो हुने

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 3 mins

काठमाडौं । दोस्रो हिमालयन इन्टरनेसनल एक्स्पो २०८० असोज अन्तिम साता काठमाडौंमा हुने भएको छ । हिमालयन इन्टरनेसनल एक्स्पो आइएनसीले भृकुटीमण्डपमा असोज २६ गतेदेखि २९ गतेसम्म एक्स्पो आयोजना गर्ने भएको हो । एक्स्पोमार्फत् स्थानीय हस्तकला तथा साना र मझौला उद्योगका उत्पादन प्रवद्र्धन गर्ने र त्यस्ता उत्पादनलाई विश्व बजारमा पहुँच गराई निर्यातमा सघाउने मुख्य उद्देश्य रहेको आयोजकले जनाएको छ ।

नेपाली मौलिक उत्पादन निर्यातलाई बढाई आर्थिक समृद्धि गराउने मुख्य उद्देश्य रहेको एक्स्पोमा हस्तकलाजन्य सामग्री, अल्लो, सिस्नो, केरा, बाँस, केतुकी, भुँइकटहरलगायतका प्राकृतिक रेशाबाट बनेका कपडाका उत्पादन, विभिन्न प्रदेशका मौलिक परिकार तथा अन्य सामग्री रहने एक्स्पोका संयोजक कपिल अधिकारीले बताउनुभएको छ ।

ADVERTISEMENT

त्यस्तै, राउटे तथा चेपाङ समुदायले बनाएका काठका सामग्री, तेह्रथुमको ढाका, संखुवासभाको करुवा, भोजपुरको खुकुरी, जैविक स्रोतबाट बनेका शृंगार सामग्री तथा महबाट बनेका सौन्दर्य प्रसाधनका सामग्री, जैविक तथा आयुर्वेद उपचार प्रक्रियामा उपयोग गरिने प्राकृतिक औषधीय सामग्री, मसला, छोपलगायत रहने संयोजक अधिकारीको भनाइ छ ।

त्यसैगरी पश्मिना, स्टोन, माला, क्युरियाको सामान, गलैंचा, गार्मेन्टका सामान, सिसा पाइप, नेपाली कागज, मूर्तिकला, धातुकला, काष्ठकला, फेल्ट, गरगहना, हेण्ड मेड पेपर, पेपर प्याकेज, नेपाली ढाका, कार्पेट पनि मेलामा रहने बताइएको छ । एक्स्पोमा पाँच सयभन्दा बढी विदेशी क्रेता (अमेरिका, क्यानडा, युरोप, चीन, भारतलगायत अन्य देशबाट) आगमन हुने आयोजकको दाबी छ । एक्स्पोमा स्वदेशी तथा विदेशी गरी एक सय स्टल रहने बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज