केही दिन विद्युत् आपूर्ति प्रभावित हुने

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 2 mins

काठमाडौं । शुक्रबारदेखि काठमाडौं र ललितपुरका केही स्थानमा विद्युत् आपूर्ति प्रभावित हुने भएको छ । नेपाल विद्युत् प्राधिकरणले स्युचाटार-टेकु लाइन तीन दिन सट डाउन गर्ने भएको हो । टेकु सबस्टेसन स्तरोन्नतिसँगै टेकु स्युचाटार ६६ केभी लाइनमा चार्ज गर्नेगरी काम भइरहेको र त्यसका लागि ६६ केभी स्युचाटार-टेकु लाइन शुक्रबार बिहान आठ बजेदेखि सोमबार बिहान आठ बजेसम्म सट डाउन गर्नुपर्ने प्राधिकरणले जनाएको छ ।

ADVERTISEMENT

त्यस्तै, ६६ केभी स्युचाटार अर्थात् पाटन प्रसारण लाइन शनिबार बिहान नौ बजेदेखि साँझ पाँच बजेसम्म र ६६ केभी स्युचाटार-के ३ लाइन शनिबार दिउँसो तीन बजेदेखि साँझ पाँच बजेसम्म सटडाउन हुनेछ । तीनवटा प्रसारण लाइन सटडाउन गर्दा काठमाडौं र ललितपुरका विभिन्न क्षेत्रमा विद्युत् प्रभावित हुने भएको हो । प्राधिकरणका अनुसार ६६ केभी स्युचाटार-टेकु प्रसारण लाइन शुक्रबार बिहान आठ बजेदेखि सोमबार बिहान आठ बजेसम्म तीन दिन अवरूद्ध हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज