ग्रिन टायरको ट्र्याक्टर ट्रली टायर

हिमालय टाइम्स
हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । नेपाली टायर उत्पादक कम्पनी ग्रिन टायर प्रालिले ट्र्याक्टर ट्रली तथा ट्रलीका लागि प्रयोग हुने ९.००-२० र १०.००-२० साइजका शेर्पा सारथी टिटी टायर बजारमा ल्याएको छ । नाडा अटो शो २०२३ का अवसरमा एक कार्यक्रमबीच अर्थमन्त्री डा. प्रकाशशरण महतले उक्त टायर सार्वजनिक गर्नुभएको हो ।

विशेषगरी ट्रली तथा ट्र्याक्टर ट्रलीमा प्रयोग हुने ९.००-२० र १०.००-२० का टायर मोटो गोटी तथा लाइन गोटीमा १८ प्लाई रेटिङमा उपलब्ध रहेको कम्पनीले जनाएको छ ।

ADVERTISEMENT

उच्च गुणस्तरीय हेभी ड्युटी ती टायरमा कट रेसिस्टेन्स क्षमता भएकाले नेपाली माटो तथा बाटोका लागि उपयुक्त भएको कम्पनीका निर्देशक विकास सिंघानियाले दाबी गर्नुभयो ।

निजी क्षेत्रको पहिलो टायर उद्योग ग्रिन टायर प्रालिले मोटरसाइकल, स्कुटर, अटो, टेम्पु तथा ट्र्याक्टरका टायर उत्पादन गर्दै आएको थियो । हाल कम्पनीले वार्षिक एक लाख थान टायर उत्पादन गर्दै आएको र सयजनालाई रोजगारी प्रदान गर्दै आएको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?