जेनेभा । पूर्वी लिबियामा आएको बाढीमा परी दुई हजारभन्दा बढीको मृत्यु भएको तथा १० हजारभन्दा बढी बेपत्ता भएका रेडक्रसका अधिकारीले बताएको छ । रेडक्रस र रेड क्रिसेन्ट सोसाइटीहरूको अन्तर्राष्ट्रिय महासंघका लिबियाका लागि प्रतिनिधिमण्डलका प्रमुख टेमेर रमदानले उत्तर अफ्रिकी देशमा बाढीपछि १० हजार मानिस बेपत्ता भएको र मर्नेहरूको संख्या हजारौं पुग्न सक्ने चेतावनी दिनुभएको छ ।
मंगलबार ट्युनिसियाबाट भिडियो कन्फरेन्समार्फत जेनेभामा संयुक्त राष्ट्र संघको ब्रिफिङमा पत्रकारहरूसँग कुरा गर्दै रमदानले बाढीले बगाएर ज्यान गुमाउनेको संख्या धेरै ठूलो भएको जनाउँदै क्षतिको आकलन सकिएपछि ज्यान गुमाउनेको संख्या हजारौं पुग्नसक्ने उहाँले बताउनुभयो ।
लिबियाका अधिकारीहरूले ड्यानियल आँधीका भएको मुसलधारे वर्षासँगै अचानक आएको बाढीमा परी पूर्वी शहर डेर्नामा मात्र दुई हजारभन्दा बढीको मृत्यु भएको आशंका गरेका छन् । रासस/एपी ।







This is breaking news.
Video News Post
Breaking News with Advertisements
Breaking news with related posts