यस्तो छ- आजको फलफूल तथा तरकारीको मूल्य

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 2 mins

काठमाडौं । कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजको मूल्य सूची सार्वजनिक गरेको छ ।

जसअनुसार भारतीय ठूलो गोलभेडा प्रतिकेजी न्यूनतम मूल्य ४५, टनेल गोलभेडा सानो ४८, लोकल गोलभेडा सानो रू ४५, घिउ सिमी लोकल ५०, काउली स्थानिय ९०, आलु रातो ५६, मुडे आलु रातो ५०, भारतीय आलु रातो ३५, लौका ३०, हरियो फर्सी ५०, घिरौला ३० रूपैयाँ कायम भइ कारोबार भइरहेको छ ।

त्यसैगरी डल्लेच्याउ प्रतिकेजी ३०० रुपैयाँ, बन्दा लोकल ६०, गाजँर १२०, मूला सेतो ११०, मूला रातो ९०, भन्टा डल्लो ६०, भन्टा लाम्चो ५०, मकै बोडी ९०, टाटे सिमी ७०, तितो करेला ८०, ब्रोकाउली ३००, कागती १८०, भिण्डी ३०, न्यूरो ८०, रातो बन्दा २००, लोकल काक्रो ८०, अदुवा प्रतिकेजी १४० रूपैयाँ रहेको समितिले जनाएको छ ।

ADVERTISEMENT

समितिका अनुसार कुरीलो प्रतिकेजी ४५०, केरा दर्जन १४०, अनार ३२०, नासपाती ७०, आभोकाडो २००, कालो अंगुर ४५०, किवि ४००, हरियो खुर्सानी अकबरे १५० रुपैयाँ कायम हुदाँ रहु माछा ३६०, छडी माछा २४०, मुंगरी माछा २७० रुपैयाँ कायम भइ खरिद बिक्री भइरहेको समितिले जनाएको छ ।

यस्तै लप्सी प्रतिकेजी ६०, हरियो धनिया ८०, खुर्सानी सुकेको ४५०, नेपाली सुकेको लसुन २५०, चाइनिज लसुन २२०, परवर ४०, गुन्दुक प्रतिकेजी २५०, पुदीना ५००, भारतीय प्याँज सुकेको ६६, लसुन हरियो २८०, छ्यापी सुकेको २००, भेडे खुर्सानी ८०, शरीफा २००, फूजी स्याँउ ३२०, अम्बा १००, मौसम १५०, जुनार ३२०, अमला १२०, तोफु ११०, पिंडालू ६०, तामा ९०, चुकुन्दर ८०, निबुवा ६०, कन्य च्याउ १६०, तने बोडी प्रतिकेजी ५० रूपैयाँमा मा कारोबार भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज