नेम्वाङको अन्तिम संस्कार मुन्धुम संस्कृति अनुसार गरिने

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 1 min

काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको पार्थिव शरीर आज दिनभरि च्यासलस्थित पार्टी कार्यालयमा राखिनेछ ।

सोमबार राति हृदयघातबाट निधन हुनुभएका नेम्वाङको पार्थिव शरीर अन्तिम श्रद्धाञ्जलीका लागि एमाले केन्द्रीय कार्यालय च्यासल, ललितपुरमा राखिने भएको हो ।

हिजो दिनभर ज्वरो आए पछि घरमा नै आराम गरिरहनुभएका नेम्वाङको राति १ बजे निधन भएको थियो ।

ADVERTISEMENT

संविधानसभा अध्यक्ष नेम्वाङको अन्तिम संस्कार भने हाल अष्ट्रेलियामा रहेका छोरा स्वदेश फर्के पछि मात्रै गरिनेछ । छोरा नेपाल फर्के पछि मात्रै अन्तिम संस्कार गरिने भएकाले नेम्वाङको पार्थिब शरिर च्यासलस्थित केन्द्रीय कार्यालयमा राखिनेछ ।

एमाले पार्टी कार्यालयमा श्रद्धाञ्जलीपछि मुन्धुम संस्कृतिअनुसार पूजाआजा गरेर अन्तिम संस्कार गरिने परिवारले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?